
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – केहि समय अगाडी सिटिजन्स बैंकबाट ठुलो परिमाणमा सुन हरायो । सुन हराएको थाहा भएपछी बैंकले आन्तरिक छानविन गर्यो । ग्राहकले आफ्नो सुन हराएको दावी गरेपछि बैंकले आन्तरिक छानविन गरेको थियो । करिव १७३ तोला सुन हराएको थाहा भएपछी बैंकले गोल्ड चेकरलाई ‘टोकस्यो’ । घटना सकेसम्म गुपचुप नै राख्यो बैंकले । बैंकले गोल्ड चेकरलाई करिव डेढ करोड ऋणको कागजमा सहिछाप गर्न लगाए । घटनाबारे हामीले थप अनुसन्धान गर्यौं । बैंकका सुचना अधिकारी बोधराज देवकोटा र बैंकका ब्रान्च मेनेजर रोशन मानन्धरसँग पनि हामीले कुरा गर्यौं । दुवैको कुरा बाझियो ।
सुन चोरीको प्रमाण फेला नपरी बैंकले गोल्ड चेकरलाई ऋणमा सहिछाप गराउनु त अचम्मको कुरा थियो नै, गोल्ड चेकरले पनि कानुनी प्रक्रियामा नै नगई किन उक्त कागजमा सहि गरे ? सुचना अधिकारीले किन मिडियालाई ढाँटे ? किन उनले पनि यो कुरा लुकाउन खोजे र गोल्ड चेकर पक्षले पनि किन प्रक्रियामा नगई आफुले अपराध नै गरेको शैलीमा सुनको बिगो तिर्छु भनेर सहि गर्यो ? लगायतका अनेकौं प्रश्न उठीरहे । बैंक र गोल्डचेकर दुवै पक्षले गुपचुप राख्न खोजेको यो घटनामा पहिलाका ब्रान्च मेनेजरमाथि पनि जनताले प्रश्न उठाए । बैंकमा यस्तो घटना घट्नु र उनी सोहि बेला बैंकबाट विदा लिएर बस्नुलाई अनेकौं कोणबाट हेरिए ।
यो घटनाको चुरो कुरो त अनुसन्धानकै क्रममा छ, तर यो घटनासँग जोडिएका कतिपय तथ्यले अर्को एउटा गम्भीर तथ्यको खुलासा भएको छ । तपाईंले सुरक्षाका लागि बैंकको लकरमा राखेको सुन भित्रभित्रै साटिने गरेको ग्राहकहरुले गुनासो पोखेका छन् ।
सुन हराएपछि खुल्यो पोल, ग्राहककै खुलासा, ‘लकरमा राखेको सुन त साटिँदो रहेछ’
सिटिजन्स बैंकबाट सुन हराएको प्रकरणबारे अर्थ सरोकार डटकमले लगातार फलोअप गरेपछि बैंकका केहि ग्राहकपनि सम्पर्कमा आए । उनीहरुले बैंकबाट आफ्नो सुन हराउने गरेको फेला पारेको र यसबारे दावीपछी आफुले सुन फिर्ता पाएको खुलासा गरे । विवादित ‘इस्यू’ भएकाले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सिटिजनका एक ग्राहकले भने, ‘मैले राखेको सुन फेरिएको मैले थाहा पाएपछी म बैंकमा पुगें । गोल्ड चेकरले मलाई आफुले लगाउनु भएको ब्रास्लेट नै दिनुभयो । मैले जुन सुन राखेको थिएँ, मेरो लकरमा बसेको सुन त्यो नै थिएन । साटासाट भएको थियो । त्यसपछि मैले सिटिजन बैंकसँग कहिलेपनि कारोबार नगर्ने निर्णय गरेर फर्कें ।’ यता घटनाको प्रकृतिले पनि दुवै पक्षको केहि गल्ती देखाएको छ । भन्न त साँचो ग्राहकको हातमा हुन्छ । अनि कसरी चोरी हुन्छ त ? भन्ने कुरा आउन सक्छ । तर बैंकबाट १७३ तोला सुन कसरी हरायो त ? बैंकभित्र यस्तो साटासाट सम्भव रहेको तथ्य यहि घटनाले पनि प्रमाणित भएको छ ।
सिटिजनसँगको कारोबारमा शंका नै शंका !
लकरमा राखेको सुन त हराउने वा साटिने बैंकसँग अरु के नै आस गर्न सकिन्छ र ? बैंकले आफ्ना ग्राहकसँग सुन राख्दा बनाएका तमसुख हेर्ने हो भने थुप्रै ठाउँमा गल्ती पाइएको छ । बैंकले यस्तो गैरजिम्मेवार काम गर्ने अनि गलत काम भएको प्रमाणित भएपछि ब्रान्च मेनेजरले जागिर छाड्ने कामले बैंक कति अविश्वसनीय छ भन्ने तथ्य बाहिर आएको छ । साँचो कसरी गोल्ड चेकरको हातमा पुग्यो ? उनीभित्र गएको लकरहरु वरपर बसेको फुटेज सीसीटिभीले क्याप्चर गर्दा कसले सुन लग्यो भन्ने विषय सीसीटिभीले किन समातेन ? सुरक्षाका लागि राखिएको सीसीटिभीको के काम ? घटना हुनेबित्तिकै बैंकका ब्रान्च मेनेजर किन बिदामा बसे ? सुचना अधिकारीले किन मिडियालाई ढाँटे ? बैंकले किन सीआइबी गुहारेन ? किन औपचारिक जाहेरी दिएन ? प्रश्नहरु अनेकौं तेर्सिएका छन् । शंकाको घेरामा बैंकका अन्य कर्मचारीपनि पक्कै छन् । यी सबै त आफ्नो ठाउँमा भए । बैंकसँगको कारोबार असुरक्षित भएको प्रमाणित भएको छ । यसबाट ग्राहक सजग बन्न आवश्यक छ ।
बैंकरहरु नै भन्छन् ,’अलर्ट हुनुपर्ने आवश्यकता छ’, सुचना अधिकारी स्पष्ट नहुँदा झन् शंका नै शंका !
यता अन्य बैंकरहरु पनि सुनको लकरका विषयमा ‘अलर्ट’ हुनुपर्ने बताउँछन् । ‘सुन साटिने गरेको आरोप यस अघि पनि अन्य केहि बैंकहरुलाई लागेकै हो ।’ एक चर्चित बैंकरले अर्थ सरोकार डटकमसँग भने, ‘सिटिजनको केस भएको र म अर्कै बैंकको बैंकर भएकाले मेरो नाम उल्लेख नगर्नुहोला । तर ग्राहकले पनि बैंक कतिको विश्वसनीय छ र त्यो बैंकले तपाईंको सम्पत्तिको पूरापुर रक्षा गर्छ कि गर्दैन भन्ने तथ्य पनि हेर्नुपर्छ । आलु किन्दा दुइपटक सोच्ने ग्राहकले सुन राख्ने कुरामा किन सोच्दैनन् ? बैंक रोज्ने कुरामा किन सोच्दैनन् ?’ यो विषय अलि गम्भीर बनेको छ । सुन हराएको विषय वा सुन साटिएको भन्ने आरोप लाग्ने विषय वा प्रमाणित नै भएका केहि घटना पनि बैंकहरुका लागि नौलो होइन ।
हामीले सिटिजन्स बैंकको सुनकाण्डलाई नजिकबाट नियाल्ने प्रयास गर्यौं । उब्जिएका अनेकौं शंकाबारे हामीले तथ्यहरु खोताल्यों । तर बैंकको उपल्लो तहमा रहेका सुचना अधिकारीले नै हामीलाई ढाँटे । उपल्लो तहमा रहेका जिम्मेवार व्यक्तिले बैंकमा घटेको यति ठुलो घटना किन लुकाउन खोजे भन्ने अर्को प्रश्नपनि उठेको छ । एउटा जिम्मेवार मिडियालाई त ढाँटने बैंकले अरुलाई के सत्य बोल्छ होला र वा ग्राहकसँग के जिम्मेवार बन्छ होला र भन्ने अर्को प्रश्न पनि उब्जेको छ । सुन हराउंदा पनि प्रहरीमा जाहेरी नदिनु र यो घटनामा के कसो भएको हो सत्य तथ्य बाहिर ल्याउनुको सट्टा घटनालाई गुपचुप नै राख्न खोज्नुले पनि झन् शंका उब्जाएको छ ।
‘सुन लकरमा राख्दा वा झिक्दा यी कुरा बुझ्नुपर्छ’
यता हामीले सुनको लकरका बारे राम्रो ज्ञान भएका केहि बैंकरसँग बुझेका थियौं । अधिकांसले बैंकको लकरबाट सुन केहि असावधानीको खण्डमा हुने गरेको बताएका छन् । ‘लकर भनेको चान्चुने चीज होइन । यो बैंक र ग्राहक दुवै पक्षको साँचो प्रयोग गरेर मात्र खुल्छ र बन्द गर्दा पनि दुवै पक्षको साँचो चाहिन्छ । तर नियत नै गलत राखेर कहिलेकाहीं बैंकका कर्मचारीले आफ्नो साँचोले मात्र लकर बन्द गर्छन् । कहिलेकाहीं ग्राहकले पनि लापरवाही गर्छन् । सामान राख्छन् तर साँचो लगाउँदैनन । यसले केहि घटनाहरु घटेका छन् । ग्राहकहरुले पनि लकरका बारेमा सबै बुझेका छैनन्, बैंकले पनि बुझाएको छैन वा बुझाउने गरेको छैन ।’ यसले गर्दा यस्ता घटना बढ्ने गरेका छन् । तर सुन राखेको लकरबाट सुन नै हराउने भनेको चाहिं निकै ठुलो कुरा हो । यो भनेको बैंकको विश्वसनीयतामाथिको ठाडो प्रश्न हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्