
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- हिमालयन बैंकले अरवौंको घोटाला गरेको भन्दै एक विदेशी कम्पनीले राष्ट्र बैंक गुहार्नु परेको हिमालयन बैंकमा लगत्तै अर्को बबण्डरपनि मच्चिएको खुलासा भएको छ । आफुले बैंकबाट लिएको ऋण तिर्न नसक्दा नाम कालोसूचीमा परको भएपनि उक्त कर्जा तिरिसक्दा पनि कालोसूचीबाट नाम हटाउन नलगाएपछि हिमालयन बैंकलाई कारबाहीको माग गर्दै राजेश्वरी श्रेष्ठले नेपाल राष्ट्र बैंकमा उजुरी गरेकी हुन् । उनले आफुलाई बैंकको क्रियाकलापले मानसिक तनाव दिएको भन्दै उजुरी दर्ता गराएकी हुन् ।
अझ अचम्मको कुरा त के छ भने हिमालयन बैंकले उनकै सम्पत्ति गैरबैंकिङ सम्पत्तिको रुपमा सकार गरी उक्त सम्पत्ति बिक्री गरेर ऋण असुली गरेको थियो । ‘मेरो सम्पत्तिबाट कर्जाको रकम असुली गरियो । त्यसमा पनि लाभकर पनि मलाइ नै तिराइयो । तर अहिलेसम्म मेरो नाम कालोसूचीबाट हटेको छैन ।’ श्रेष्ठले अर्थ सरोकार डटकमसँग भनिन्, ‘ सबै कर्जा चुुक्ता भइसक्यो । तर हिमालयन बैंकको ठमेल शाखाले अनेकौं बहाना बनाउँदै पन्छिने गरेको छ । अत्ति भएपछी नेपाल राष्ट्र बैंकमा न्यायका लागि उजुरी गरेको छु ।’ उनका अनुसार एभरेष्ट बैंक र हिमालयन बैंकले उनलाई ठगेका थिए । ‘एभरेष्टले पछिल्लो समय बैंकले दिनुुपर्ने नौ लाख ५० हजार रुपैयाँ मलाइ दिइसकेको छ । तर हिमालयन बैंकले मलाइ अझै पनि न्याय दिएन ।’ उनले भनिन् ।
‘बैंकले यतिसम्म दादागिरी देखाउने काम गरेको छ कि हिमालयन बैंकको ठमेल शाखाले ऋणीको नाममा जारी गरिएको दुुई करोड रुपैयाँ बराबरको एकाउन्ट पेयी चेक ऋणीको खातामा जम्मा नै बाहिर बाहिरैबाट मिलाएर लिएको थियो । बैंक स्वयंले तिर्नुुपर्ने लाभकर पनि ऋणीलाई नै तिराइयो । अरु त अरु बैंकको कर्जा तिरिसकेपछी पनि बैंकले ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीबाट हटाउन लगाएको छैन । अत्ति भएपछी मैले नेपाल राष्ट्र बैंकमा उजुरी गरेको छु ।’ उनले भनिन्।
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्