×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘शाम-नाम, दण्ड-भेद’ लगाएर टेलिकममा थमौती भएकी कामीनीलाई सरकारले फेरि सोध्यो ७२ घण्टे स्पष्टीकरण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

‘शाम-नाम, दण्ड-भेद’ लगाएर टेलिकममा थमौती भएकी कामीनीलाई सरकारले फेरि सोध्यो ७२ घण्टे स्पष्टीकरण !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल टेलिकममा आएदेखि नै विभिन्न कुराहरुमा विवादमा आइरहेकी नेपाल टेलिकमकि प्रबन्ध निर्देशक कामिनी राज भन्डारीलाई पुन: ७२ घण्टे स्पष्टीकरण सोधिएको छ । उनले विभिन्न खाले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा आधा दर्जन बढी फाइलहरु पुगेपछि उनलाई मन्त्रालयले ७२ घण्टे स्पष्टीकरण सोधेको हो । सञ्चार मन्त्रालयले उनलाई पत्र काटी ७२ घण्टाभित्र लिखित जवाफ पठाउन् स्पष्टीकरण सोधेको बुझिएको छ । 
यसअघि पनि उनी असक्षम भएको भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो । तर थुप्रै राजनीतिक पहुँचका कारण उनी टेलिकममा थमौती भएकै थिईन् । बोर्ड बैठकले उनलाई बर्खास्त गर्ने तयारी गरी त्यसको अनौपचारिक निर्णय समेत गरेको भएपनि उनले विभिन्न ठाउँमा ‘पावर’ लगाएपछी सरकारले उनलाई स्पष्टीकरण सोधेर यस अघि कार्वाहि नगरी छोडेको थियो ।
यसपाली भने उनलाई कुनै पनि हालतमा टेलिकमबाट निकाल्ने गरी नै तयारी भइरहेको र सोहि अनुरुप कामिनीलाई स्पष्टीकरण सोधिएको स्रोतको भनाइ छ ।     
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: