
काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी छिन् ।
प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई राष्ट्रपति कार्यालयमा सम्बोधन गर्दै राष्ट्रपतिले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताइन ।
राष्ट्रपतिले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह समेत गरिन । ऐतिहासिक राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धितर्फ केन्द्रित रहेको उल्लेख गर्दै राष्ट्रपतिले राजनीतिक मतभेद अन्त्य भएको अवस्थामा आर्थिक विकास र जनताको जीवनस्तरको सुधार नै आजको प्रमुख दायित्व हो भनिन ।
राष्ट्रपतिले राज्यले अगाडि सारेका नीति तथा कार्यक्रमलाई मर्या्दित भएर अगाडि बढाउन राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले भूमिका खेल्ने विश्वास व्यक्त गरिन । इन्टरनेट र समाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गर्दै राष्ट्रपतिले राष्ट्रले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेकाले त्यसलाई केन्द्रमा राखेर आफ्नो आचारसंहिता तथा मूल्य र मान्यतामा रहेर अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गरिन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लामो समयदेखि नागरिक स्वतन्त्रताका निम्ति लडेका र लामो समयदेखि प्रेस स्वतन्त्रताको पक्षमा लागिरहेका पार्टी र सोही पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रेस स्वतन्त्रता हनन हुन्छ कि भनेर आशङ्का नगर्न आग्रह गरे ।
उनले भने, “सधैँ शङ्का मात्रै गर्ने हो भने त्यसको कुनै औषधि हुँदैन । अप्ठ्यारो केही विषयमा परेको भए त्यसलाई सच्याउन हामी तयार छौँ । नागरिक स्वतन्त्रताको पक्षमा लडेको दल र त्यसको नेतृत्व सरकारमा रहेकाले त्यसबाट प्रेस स्वतन्त्रता हनन हुन्छ र गर्छ भनेर ठान्नु नै गलत हुन्छ ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्