×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकमा कर्मचारीको लापरवाहीको पराकाष्टा : असोज महिनाको मिति रहेको चेक भाद्र महिनामै साटियो !

PRIME CA
GLOBAL IME BANK

हिमालयन बैंकमा कर्मचारीको लापरवाहीको पराकाष्टा : असोज महिनाको मिति रहेको चेक भाद्र महिनामै साटियो !

२० भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कहिले ऋणीसँग बढी रकम असुलेको काण्ड त कहिले विदेशी कम्पनीले मुद्धा हालेको काण्ड । कहिले ऋण तिरिसक्दा पनि कर्जा सूचना केन्द्रबाट कालोसूचीमा नाम हटाउन नलगाएको काण्ड त कहिले नक्कली सर्टिफिकेटधारीहरुले बैंक छोडेको काण्ड । काण्ड नै काण्ड रहेको हिमालयन बैंकमा अर्को काण्ड मच्चिएको छ । असोज महिनामा साट्नका लागि दिइएको चेक भदौ महिनामा नै साटीएपछी यस्तो काण्ड घटेको हो । अझ यसबारे बुझ्न गएका पीडीत ग्राहकलाई बैंकले उल्टो थर्काएपछी बैंकको मनपरीसमेत छताछुल्ल भएको छ । यो घटनाले हिमालयन बैंकका कर्मचारी कतिसम्म जिम्मेवारहिन छन् भन्ने तथ्य पनि देखाएको छ । 
यस्तो छ घटनाको नालीबेली :
काठमाडौँ पेप्सीकोला बस्ने कृष्ण तिमिल्सीनाले हिमालयन बैंकको चेक २०७५ -०६-१५ गते एक जना पार्टीलाइ काटेका थिए ।तर २०७५-०५-१३ गते नै उक्त छेक हिमाययन बैंकको न्यूरोड साखा बिशालबजारबाट साटियो । चेक साटिएको मेसेज मोबाइलमा आएपछि उनी तुरुन्त बैंक गए र यसबारे जानकारी गराए । बैंकको क्यास काउन्टरका कर्मचारीले सुरुमा उनलाई चेक साटिएको छैन भनेर झुट बोले । बैंकलाइ उनले आफुलाई चेक साटिएको एसएमएस आइसकेको बताएपछि बैंकका कर्मचारीले बुझेर खबर गर्ने जानकारी दिए । २०७५ साल भद्र १९ गते जव उनी बैंकमा यसबारे बुझ्न गए तर बैंकका साखा प्रमुख बताउने कर्मचारीले उनलाई, ‘तपाईं जे गर्न सक्नुहुन्छ गर्नुहोस्’ भनेर उल्टै थर्काए । दुर्व्यवहार पनि गरे । सार्है भएपछि उनले यसबारे सामाजिक संजालमा लेखे । र थुप्रै पटक थुप्रै काण्डमा विवादित बनेको हिमालयन बैंकको अर्को काण्ड बाहिरियो। 
सामाजिक सञ्जालमा तिब्र विरोध !
जव पीडीत तिमिल्सिनाले यस्तो घटना सामाजिक सञ्जालमा पोष्ट गरे, हिमालयन बैंकसम्बन्धि थुप्रै नकारात्कम टिप्पणीहरु आए । सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ । हेरौं यस प्रकरणमा भएका केहि प्रतिनिधि बहसहरु : 

हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: