
काठमाडौँ – मालपोत कार्यालय र नापी विभागका कर्मचारीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा रहेको जग्गालाई किर्ते कागजात तयारी गरी जग्गाको बिक्री हुने कार्यमा झन् तीव्रता पाएको छ । नक्कली जग्गा धनी बनी विभिन्न व्यक्तिको जग्गा बिक्री गरी ठगी गर्ने झापाका सुवास मैनालीले किर्तेगरी इलामस्थित फिक्कलमा रहेको १७ आना जग्गा बिक्री गरेको खुलेको छ ।
फिक्कलका मदन लामाको नाममा रहेको सो जग्गालाई मैनालीले किर्ते गरी १२ आना जग्गा बेची बाँकी रहेको ५ आना जग्गा मैनालीले श्रीमती सावित्रा तामाङको नाममा दर्ता गरेको दुःखेसो लामाले गरेका छन् । निरौलाले सो १२ आना जग्गा निलमकुमार सिटौलाभन्ने व्यक्तिलाई बेचेको समेत खुलेको छ ।सो जग्ग्गाको वास्तविक धनी लामाले आफ्नो जग्गा किर्ते गरी बेचिएको बताउँदै २०७४ साल भदौ १६ गते जिल्ला अदालत झापामा मुद्दा दर्ता समेत गरेका थिए ।
हाल आएर उक्त जग्गा अदालतले रोक्का गरेको छ भने मुद्दा विचाराधीन अवस्थामा रहेको छ । लामाको नाममा रहेको साबिक फिक्कल गाविस वडा नं ६(ग)को कित्ता नं. २८३ को १२ आना जग्गा र कित्ता नं. ३५० को ५ आना जग्गाको नक्कली करारनामा बनाई दुई लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ । उनले बनाएको उक्त करारनामामा एक लाख ९५ हजार बैना र बाँकी पाँच हजार रुपैयाँ एक साताभित्र तिर्ने कागज समेत बनाएको प्रमाण प्राप्त भएको छ ।
जग्गा किन्नेले बाँकी पाँच हजार रुपैयाँ तिरेपछि त्यो जग्गा मैनालीको नाममा राजीनामा गर्नुपर्ने नक्कली करारनामामा उल्लेख गरेको छ । २०७२ मंसिर ३ गते उनले सो नक्कली कागजात बनाई अर्काको जग्गा बिक्री गरेको दाबी लामाको रहेको छ । निरौलाले तयार पारेको नक्कली करारनामा पत्रमा साक्षीका रुपमागोविन्द तामाङ र तुलसीराम दाहाल राखेकाछन् । मैनालीले लामाको हस्ताक्षर भने मालपोत कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी जग्गा किन्दा नक्कली हस्ताक्षर गरी किर्ते गरेको दाबी लामाको रहेको छ ।
वास्तविक जग्गाधनी लामा २५ वर्षदेखि सपरिवार भारतको सिलगुडीमा व्यापार गर्दै आएका छन् । यही मौका छोपी मैनालीले मालपोतको कर्मचारीलाई प्रभावमा पारी लामाले आफ्नो करारनामाअनुसार उक्त जग्गा आफूलाई नदिएको भन्दै २०७२ साल फागुन २७ गते जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेका थिए । लामाले बाँकी रहेको पाँच हजार रुपैयाँ पनि लिन नआएको भन्दै पाँच हजार रुपैयाँ अदालतलाई बुझाएका थिए । अदालतले उनलाई चैत १९ गते उपस्थिति गराउन आदेश दिएको थियो । तर लामा सिलगुडीमा रहेका कारण उनले थाहा नपाएपछि उनी बेपत्ता भएको ठहर गर्दै चैत २१ गतेको अदालतको निर्णयअनुसार चैत २२ गते पत्रिकामा उपस्थिति हुनेबारे सूचना प्रकाशित भएको थियो । ती समयमा आफू बिरामी भएको र यसबारे कुनै पनि जानकारी प्राप्त नभएकाले लामा अदालतमा उपस्थिति हुन नसकेकोे आफूले कसैलाई पनि जग्गा बैना नगरेको पीडित लामाकोदाबी रहेको छ ।
यसरी उनी अदालतमा उपस्थिति नभएपछि अदालतले २०७३ असार २७गते सुवास मैनालीको नाममा दर्ता गर्न इलाम मालपोतलाई आदेश दिएको थियो । यसरी मैनालीले असार २७ गते मालपोत कार्यालय इलामबाट लामाको नाममा रहेको जग्गा आफ्नो नाममा सारेका थिए । उनी साउनमा नेपाल आउँदा जग्गाको कर तिर्न गएपछिमात्र मैनालीले मुद्दा दर्ता गरी जग्गा आफ्नो नाममा बनाएको पत्ता लागेको बताएका छन्। उनी साउन २० गते जिल्ला अदालत गई हेर्दामात्र थाहा पाएको बताउँदै आफूले सहीछाप र ल्याप्चे नलगाई आफ्नो नामको जग्गा बिक्री भएभन्दा अचम्म लागेको लामाले बताए ।
उनले आफ्नो नामको लालपुर्जा देखाउँदै भने,‘आफूसँग लालपुर्जा पनि भएको र आफूले कसैलाई पनि जग्गा बैना नगरेकोमा जग्गा बिक्रीले आफू नै चकित परेकोले आफू अदालत गएको हुँ ।’ मैनालीले भदौ २७ गते आफ्नो नाममा रहेको जग्गा आफ्नै श्रीमती सावित्रा तामाङको नाममा राजीनामा गरी बिक्री गरेको समेत खुलेको छ । मैनालीले सावित्रा तामाङको नाममा राजीनामा गर्दा तिरिएको मालपोतको राजस्व रसिद नं. ५६७ रहेको छ । यसैगरी, तामाङको नाममा जग्गा दर्ता भएपछि मैनालीले २८३ कित्ता नम्बरंमा रहेको १२ आना जग्गा असोज १७ गते निलमकुमार सिटौलालाई राजीनामा पास गरी बेचेका पाइएको छ । उनले मुद्दा दर्ता गरेपछि सुवास मैनालीले उनलाई मुद्दा फिर्ता लिन धम्की दिँदै आएको लामाले बताएका छन् ।
मैनाली समूहले मिलापत्र कागज गर्न दबाब दिँदै आएको, आफू पीडित भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि मैनालीसँग सहमति नगर्ने बताएका छन् । उनले आफ्नो जग्गा अदालतले आफूलाई दिलाउनेमा पूर्ण आशावादी भएको बताए. । लामाले बजारदर नै ५० लाखभन्दा बढी पर्ने जग्गा दुई लाखको नक्कली कागज तयार पारेर पास गरेकोमा आफैँ पनि अझै चकित परेको बताए । उनले भने,‘कुनै पनि जग्गाको बैना गर्दा दुई लाखको जग्गामा एक लाख ९५ हजार बैना कसैले पनि दिँदैन, फेरि ५० लाखभन्दा बढी पर्ने जग्गा दुई लाखमा सहमति हुँदा, हस्ताक्षर समेत नक्कली हुँदा र ल्याप्चे नहुँदा समेत कसरी जग्गा पास भयो ?’ (आर्थिक दैनिकबाट)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्