
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कहिले बिजुली चोरेको काण्ड त कहिले आफ्नै खानीमा मजदुरको मृत्यु हुँदा पनि आँखा चिम्लेर बसेको काण्ड । यिनै काण्डहरुपछि बजारमा विजुली चोर सिमेन्ट र ज्यानमारा सिमेन्टको उपनाम पाएको मारुती सिमेन्टको अर्को काण्ड सार्जवनिक भएको छ । सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएसँगै कम्पनीको अर्को कर्तुत सार्वजनिक भएको हो ।
कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेसँगै यो कम्पनीको दादागिरी सतहमै आएको छ । कारखानाले जोभा प्राकृतिक सामुदायिक वनको १३ कट्ठा पाँच धुर जग्गा आफ्नो नाममा दर्ता गराएको देखिएपछि स्थानीयहरु सिमेन्ट उद्योगप्रति रुष्ट देखिन थालेका छन् भने ज्यानमारा सिमेन्टको उपनाम पाएको सिमेन्टले बहिष्कार गर्ने रणनीतिमा धेरै जना पुगिसकेको स्थानीयहरुको दावी छ । मालपोत कार्यालय सिरहाको अभिलेखअनुसार कारखानाले सो जग्गा विस २०७३ पुस ३ गते कित्ताकाट गराएको देखिन्छ । मालपोत कार्यालय सिराहाका अनुसार कारखानाका लागि मोरङ विराटनगरका मनोज राठीको नाममा मालपोत कार्यालय सिरहाबाट कित्ताकाट गराएको पाइएको छ ।
सरकारले विसं २०५१ चैत ५ गते जोभा प्राकृतिक सामुदायिक वनका रूपमा हस्तान्तरित ३१ हेक्टरमध्ये गोरखनाथ गणलाई दिई बाँकी रहेको १८ हेक्टर वन क्षेत्रको १३ कट्ठा ५ धुर जग्गा सिमेन्ट उद्योगका नाममा दर्ता पाइएको छ ।
मारुती सिमेन्ट उद्योगका कर्तुतहरुबारे यी कुनै समाचार छुटे कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्