
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पटक पटक गुणस्तरहीन प्रमाणित भएको तर राजनीतिक पावरका भरमा कारवाही भोग्नु नपरेको सिमेन्ट अर्घाखाँची सिमेन्टको मुख्य प्रायोजनमा मङ्सिर ६ बाट काठमाडौँमा बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो सुरु भएको छ । निर्माणसँग सम्बन्धित युवाहरुको समूह युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्स (वाईसीएनसी)को आयोजनामा हुन लागेको एक्सपोमा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्टस्, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनी, फर्निचर, स्टिल, इँटा तथा मार्वल, विद्युतीय सामाग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जा लगायतका २ सय बढी स्टल रहने छन् ।
तीमध्ये उक्त कार्यक्रम गर्न सबैभन्दा बढी रकमको प्रायोजन अर्घाखाँची सिमेन्टले गरेको छ । सिमेन्ट गुणस्तरहीन भएको रहस्य बाहिरिएपछी उद्योगले नेपालका सबैजसो मिडिया र सबैजस्तो यस्ता एक्स्पोमा आफ्नो झुट लुकाउनकै लागि प्रायोजन गरेको सिमेन्ट उद्योगभित्रकै कर्मचारीहरुको भनाइ छ ।
एक्सपोबाट घर, जलविद्युत आयोजना लगायतका संरचाना बनाउँदा प्रयोग गर्नुपर्ने निर्माण सामाग्री तथा त्यसको प्रक्रिया लगायतबारे सम्पूर्ण जानकारी पाउन सकिने आयोजक वाईसीएनसीका अध्यक्ष आनन्द सुवेदीले जनाएका छन् । ४ दिनसम्म चल्ने मेलाको २ लाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा भएपनि अर्घाखाँची सिमेन्टका कर्तुत यहि बेला छताछुल्ल भएपछी उक्त एक्स्पोमा आउनेहरुको संख्या घट्ने अनुमान गरिएको छ ।
नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाईटी अफ नेप्लिज आर्किटेक्ट्स् (सोना), सोसाइटी अफ कन्स्सल्टीङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म (स्केफ) र ब्राण्डवर्थ प्रालि एक्स्पोको सह–आयोजक रहेका छन् भने मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्षमादेवी बिल्डिङ मटेरियल्स रहेका छन् ।
अर्घाखाँची सिमेन्ट गुणस्तरहीन भएको प्रमाण हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्