Skip to content
LAXMI SUNRISE BANK

सञ्चयकर्ता औषधोपचार तथा घातक रोग उपचार बीमा योजना सम्बन्धमा कर्मचारी सञ्चय कोषको अत्यन्त जरूरी सूचना

अर्थ सरोकार

कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत कोषले नै बीमा प्रिमियम तिर्ने गरी कोषमा आवद्ध रहेका सञ्चयकर्ताहरुका लागि औषधोपचार तथा घातक रोग बीमा योजना मिति २०७५ मंसिर १ गतेदेखि लागू गरेको ब्यहोरा सम्पूर्ण सञ्चयकर्ताहरुलाई सहर्ष जानकारी गराईन्छ । कोषले राष्ट्रिय बीमा कम्पनी लि. मार्फत गरेको यस बीमा योजनाको बीमाङ्क रकम साधारण औषधोपचारको हकमा रु. १ लाखसम्म र घातक रोगको हकमा रु. १० लाखसम्म रहेको छ । 
बीमा योजनामा (दुर्घटना परी उपचार गराएको खर्च बाहेक)सामान्य औषधोपचार तर्फ १ महिना र घातक रोग तर्फ ३ महिना प्रतिक्षा अवधि (Waiting period) रहेको छ । यस अवधि पश्चात् भएको उपचार खर्चको मात्र बीमा दाबी भुक्तानी हुने भएकोले सो अवधि भित्र भएको उपचार खर्चको सोधभर्ना कोषमा साविकमा कायम रहेको औषधोपचार सहयोग योजना अन्तर्गतदाबी गर्न सकिनेछ । यस सम्बन्धी विस्तृत विवरणकोष र राष्ट्रिय बीमा कम्पनी लि.का कार्यालयहरु एवं कोषको website:www.epfnepal.com.np बाट समेत प्राप्त गर्न सकिनेछ।
कर्मचारी सञ्चय कोष
पुल्चोक, ललितपुर
फोन नं.:०१–५०१०१६५, ०१–५०१०१६६
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK