×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘फोरजी विस्तार गर्छु भन्दा राती फोन गरेर थर्काइयो, तर म घुंडा टेक्नेवाला छैन’ : मन्त्री बास्कोटा (भिडियो)

PRIME CA

‘फोरजी विस्तार गर्छु भन्दा राती फोन गरेर थर्काइयो, तर म घुंडा टेक्नेवाला छैन’ : मन्त्री बास्कोटा (भिडियो)

२३ माघ २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन खोज्दा आफुलाई राती राती धम्की आएको खुलासा गरेका छन् ।  उनले विभिन्न संसदीय समितिहरुले कामलाई हल्लाउने काम मात्र गरेकोसमेत आरोप लगाएका छन् । फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दावी गर्दै मन्त्री बास्कोटाले त्यस्ता गलत खालको प्रचारसामू आफूले घुँडा नटेक्ने चेतावनी पनि दिए । 
मंगलबार नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव कार्यक्रमको काठमाडौंमा उद्घाटन गर्दै उहाँले नेपाल टेलिकम भित्रकै केही व्यवस्थापक र इन्जिनियरहरु ‘देश द्रोही’को जस्तो व्यवहार गरिरहेको भन्दै आक्रोशसमेत पोखेका उनले उनीहरुलाई सचेत रहन पनि आग्रह गरे । मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने मन्त्री बास्कोटाको भनाई छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: