
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेकोमा २६ प्रतिशत सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको जानकारी दिएका छन् । नेपाल टेलिकमलाई जनताको कम्पनीको रुपमा विकास गर्न पनि सरकारले आफ्नो स्वामित्वमा रहेको ९२ प्रतिशत सेयरमध्येबाट २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना अघि सारेको हो । मन्त्री बास्कोटाले सेयर बाँडफाँडको विधिका विषयमा पनि छलफल भईरहेको जानकारी गराएका छन् ।
सबै प्रदेश, कर्पोरेट हाउस, ठूला उद्यमीहरुलाई पनि समानुपातिक ढंगले वितरण हुने गरी सो सेयर बाँडफाँड गर्ने मन्त्री बास्कोटाको योजना छ । नेपाल टेलिकममा हाल ९२ प्रतिशत सेयर सरकारको रहेको छ बाँकि ८ प्रतिशत सेयर टेलिकमका कर्मचारीसहित पब्लिकको रहेको छ । मन्त्री बास्कोटाले अव ६६ प्रतिशत सेयर मात्रै सरकारले राखेर बाँकि २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने बताएका छन् ।
मन्त्री बास्कोटाले मुनाफा बाहिर जाने भएकाले नेपाल टेलिकमलाई अघि बढाउन रणनीतिक साझेदार खोजी नगर्ने निर्णय लिइएको पनि स्पष्ट पारे। रणनीतिक साझेदारले आफूले पाएको मुनाफा आफ्नै देशमा लैजाने भएकाले आफूहरुले रणनीतिक साझेदार ल्याउन नचाहेको मन्त्री बास्कोटाको भनाई छ । उनले नेपाल टेलिकमले प्रगति गरिरहेको र त्यसमा जनताको अपनत्व अनुभूति गराउन पनि आफूहरुले सर्वसाधारणको लागि उल्लेख्य सेयर जारी गर्ने तयारी गरेको पनि स्मरणसमेत गराए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्