×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बझाङमा ‘आयल स्टोर’ नहुँदा इन्धनको व्यापक कालोबजारी, किराना पसलदेखि स्टेसनरीमै पाइन्छ महँगो डिजेल !

  • प्रताप ओली / अर्थ सरोकार डटकम 
बझाङ – बझाङका स्थानीय बजार क्षेत्रहरुमा बजारको मुल्यभन्दा ३० रुपैँया बढीमा डिजेल र पेट्रोल बिक्री हुँदै आएको छ । आयल निगमद्वारा स्वीकृति प्राप्त अधिकृत बिक्रेता आयल स्टोर नभएको माैका पारेर स्थानीय व्यापारीहरुले डिजेल र पेट्रोल बजार मुल्यभन्दा महँगोमा बेच्दै आएका छन् ।
महँगोमा इन्धन किन्नु परेपछि जिप, ट्रयाक्टर, मोटरसाइकल, कुटानी, पिसानी, पेलानी मिल, सञ्चालकका व्यावसायीहरु मार्कामा परेका छन् । केही व्यापारीले तराइबाट आयात गरेको इन्धन पेट्रोल र डिजलको मुल्य वृद्धि गरी महँगोमा बेच्दै आएको उपभोक्ताले बताएका छन् ।  जिल्लाको स्थानिय मुख्य बजार वित्थड, देउलेख, विजगडा, बागथला, देउरा, झोता मौरीबगर, भाँडे, तमैल र सदरमुकाम चैनपुरका विभिन्न ठाउँबाट कालोबजारीमा बिक्री भइरहेको छ ।
इन्धनको बजार मुल्यभन्दा बढी मुल्यमा किनेर खुद्रा बजारमा व्यापारीले डिजेल प्रतिलिटर १ सय १० देखि १ सय ४० रुपैंयाँसम्म र पेट्रोल प्रतिलिटर १ सय ५० देखि १ सय ८० रुपैंयाँसम्म बिक्री गर्दै आएका छन् । यसरी बजारमा खुलेयाम इन्धनमा कालोबजारी हुँदा पनि स्थानीय प्रसासन मौन बसेको छ । जिल्लामा आयल निगमको आधिकारीक बिक्रेता छैन ।
कालोबजारी फष्टाउदै गएको बझाङबाट सबैभन्दा नजिक बैतडी र डडेल्धुरामा मात्र डिजेल तथा पेट्रोल पम्पहरु छन् । त्यहाँ पुग्न करिब ५ घण्टा लाग्छ । यसैको मौका छोपेर जिल्लाका ग्रामिण भेगमा चल्ने सवारी साधन लक्षित गर्दै स्थानीय बजारहरुमा व्यापारीहरुले महंगोमा इन्धन बेच्दै आएका छन् । बझाङमा निगमको आधिकारिक बिक्रेता नहुँदा महंगो मुल्य परे पनि कालोबजारीमा किन्न बाध्य भएको जयपृथ्वी नगरपालिका ३ का विरेन्द्र खड्का बताउँछन् ।
पछिल्लो समय बझाङका ग्रामिण वस्तिहरुमा साना सवारी जीप सञ्चालन हुन थालेपछि जिल्लामा करिव दुई सय बढी साना सवारी जीप संचालनमा आएका छन् । जिल्ला भित्र चल्ने साना सवारी साधन जीप, मोटरसाइकल र ट्याक्टरहरुले कालोबजारीको इन्धन प्रयोग गर्दै आएका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: