काठमाडौँ । निर्वाचनका बेला तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरिएको छ । नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई निर्वाचनका बेला तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको हो ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्मा नेतृत्वको समितिले गरेको अध्ययनले निर्वाचनका बेला तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको हो ।
निर्वाचनका बेला तीन दिन सार्वजनिक बिदा दिँदा मतदाताहरु आफ्नो नाम दर्ता भएकै निर्वाचन क्षेत्रमा गएर मतदान गर्न सक्ने अध्ययनमा उल्लेख छ । सोही कारण प्रतिष्ठानले निर्वाचनको अघिल्लो दिन र निर्वाचनको पछिल्लो दिन समेत सार्वजनिक दिनु उपयुक्त हुने सुझाव दिएको छ ।
त्यसका लागि सरकारले मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णयमार्फत आवश्यक प्रबन्ध गरी सार्वजनिक बिदा दिने व्यवस्था गर्नुपर्नेछ । उक्त विषयमा सरकारमा छलफल चलिरहेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्