
काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडको ४ नयाँ शाखा सञ्चालन भएको छ । बैंकले शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो।
बीरेन्द्रनगर शाखा कार्यालयको बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले, चप्परगौडी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेलले, बेसीशहर शाखा कार्यालयको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले र बट्टार शाखा कार्यालयको विदुर नगरपालिकाकासञ्जु पंडितले उद्घाटन गरेका हुन् ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १८ वटा एटीएम संचालनमा रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्