×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलमा दुई बर्षमा ३ सीइओ फेरिए, उपलब्धि के ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया क्यापिटलमा दुई बर्षमा ३ सीइओ फेरिए, उपलब्धि के ?

२२ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एनआइशि एशिया क्यापिटल दोश्रो बर्ष पूरा गरेर तेश्रो बर्षमा लागेको छ । यहि अवसरमा क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने भन्दै प्रचारप्रसारसमेत गरिरहेको छ । क्यापिटलले बुधबारदेखि चैत ६ गतेसम्मका लागि निःशुल्क डिम्याट खाता खोलिदिने बताएको छ । यस्तै क्यापटिलले चैत २२ गतेसम्मको लागि लगानी व्यवस्थापन सेवाको सम्पुर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । डिम्याट खातासँगै क्यापिटललेलगानी व्यवस्थापन, निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।
२ बर्षमा फेरिए ३ सीइओ
एनआइसी एशिया क्यापिटलले संस्था खुल्दा तोकेको संयोजकको हिसाब नगर्ने हो भने ३ सीइओ पायो २ बर्षमा । बैंकिङ क्षेत्रमा राम्रो अनुभव भएका चार्टड एकाउन्टेन्ट राम चन्द्र खनाल क्यापिटलमा पहिलो सीइओ रहेका थिए । उनी आएपछि क्यापिटलले बजारमा रहेका अन्य प्रतिष्पर्धीहरुलाई राम्रै धक्का दिने आश गरिएको थियो । तर निकै छोटो समय काम गरेर उनी त्यहाँबाट बाहिरिए र कम्पनीमा आए झनक राज ढुंगेल । रजिष्टर्ड अडिटरसमेत रहेका ढुंगेल पनि क्यापिटलमा टिक्न सकेनन् र उनले राजीनामा दिएपछि केहि समय अगाडी कम्पनीका सीइओका रुपमा रमेन्द्र रायमाझीलाई सीइओको रुपमा नियुक्त गरेको छ । उनी यसअघि केसीएल अस्ट्युट क्यापिटलमा सीइओका रुपमा रहेका थिए । 
उपबल्धि के ?
कम्पनीमा राम्रै गर्ने आश गरिएका सीइओहरुले पनि खास उपलब्धि देखाउन सकेका छैनन् । यस्तो त यसअघिका दुइ पूर्व सीइओमध्येका एक क्यापिटलमा काम गर्ने वातावरण नै नरहेको बताउँछन् । ‘काम गर्ने वातावरण छैन । वातावरण नै नभएपछि कसरी काम गर्ने ? त्यसमाथि क्यापिटललाई क्यापिटलकै रुपमा काम गर्न दिइएको छैन । बैंकको एक अंगमात्र हो भन्ने जसरी एनआइसी एशिया बैंक नेतृत्वले सोचिदिएपछि काम गर्न समस्या छ ।’ उनले भने । साथै उनले नयाँ सीइओका रुपमा आएका रायमाझी पनि एक बर्ष पनि नटिक्ने दावी गरे । ‘केसीएलमै नटिकेको मान्छे एनआइसी एशिया क्यापिटलमा टिक्दैन । लेखेर राख्नुहोस्, रायमाझी सर पनि एक बर्ष पनि बस्नुहुन्न ।’ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी