
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम नरहेकोे दावी गर्नु भएको छ ।
पूर्व अर्थमन्त्री समेत रहनु भएका काँग्रेस नेता महतले नेपालको समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेपनि त्यसका लागि सरकार सक्षम नभएको दावी गर्नु भएको हो । सरकारले वैदेशिक लगानी भित्र्याउन यही चैत्र १५ र १६ गते काठमाडौंमा ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्दैछ । तर काँग्रेस नेता महतले सो लगानी सम्मेलनबाट वैदेशिक लगानी भित्र्याउन सरकारले आवश्यक पूर्वाधार विकास नगरेको दावी गर्नु भयो ।
सडक, एयरपोर्टलगायतका भौतिक पूर्वाधार तयार नपारी आयोजना गर्न लागिएको लगानी सम्मेलनबाट वैदेशिक लगानी नआउने नेता महतको तर्क छ । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले नेपालमा जलस्रोत, उद्योग, पर्यटन, वन लगायतको क्षेत्रको विकासका लागि वैदेशिक लगानी अनिवार्य भएपनि त्यसलाई भित्र्याउन भौतिक पूर्वाधार विकास गर्नु पर्नेमा सरकारले त्यसो गर्न नसकेको पनि स्पष्ट पार्नु भयो ।
काँग्रेस नेता महतले सरकारले वैदेशिक लगानी भित्र्याउन कानुन निर्माणको काम गरेपनि भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिन नसकेको पनि स्मरण गराउनु भयो । उहाँले नेपालको समग्र विकासका लागि निजी क्षेत्र र सरकारको लगानी पर्याप्त नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्