
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँको चलेको रेष्टुरेन्टले गैरकानुनी मेनु सच्याएको छ । अर्थ सरोकार डटकमले रेडमडको गैरकानुनी मेनु बारे समाचार प्रकाशन गरेपछि आन्तरिक राजश्व कार्यालयले चासो दिएसँगै रेडमडले आफ्नो गैरकानुनी मेनु सच्याएको हो । काठमाडौँ नयाँ बानेश्वरको एलिनाज बेकरी क्याफे, र इन्द्रेणी फुडल्याण्ड, सिद्धार्थ कटेज लगायतका चलेका रेष्टुरेन्टहरुका मेनुहरु गैरकानुनी रहेको खबर अर्थ सरोकार डटकमले खुलासा गरेपछि क्रमश सबैले आफ्नो मेनु सच्याएका हुन् ।
भएको के हो ? हुनुपर्ने के हो ?
नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत भ्याट नियमावली २०५३ को नियम १४ (ख) मा स्पष्ट रुपमा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ तर यो नियमको बर्खीलाप गर्दै रेड मडले आफ्नो मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेको थियो । अर्थात प्रचलित नियम अनुसार कुनै पनि रेष्टुरेन्टको मेनुमा १३% अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न नपाइने नियम रेडमडले मिचेको थियो । अहिले रेष्टुरेन्टले उक्त मेनु सच्याएको छ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्