×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिज्जा हट, र रेडमडका मेनु पनि ‘गैरकानुनी’, भ्याट नियमावली अटेर गर्नेलाई किन हुँदैन कारवाही ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पिज्जा हट, र रेडमडका मेनु पनि ‘गैरकानुनी’, भ्याट नियमावली अटेर गर्नेलाई किन हुँदैन कारवाही ?

Artha Sarokar

४ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँका कतिपय रेष्टुरेन्टहरुका मेनु भ्याट नियमावली विपरित रहेको खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि यसरी नियम मिच्ने अरु अटेरी संस्थाहरुबारे पनि रहस्य खुल्दै गएको छ । काठमाडौँ नयाँ बानेश्वरको एलिनाज बेकरी क्याफे, र इन्द्रेणी फुडल्याण्डका मेनुहरु गैरकानुनी रहेको खबर अर्थ सरोकार डटकमले खुलासा गरेपछि अर्थ सरोकारका पाठकहरुले रेड मड कफी, पिज्जा हट लगायतका चर्चित रेष्टुरेन्टहरुका मेनु पनि गैरकानुनी रहेको भन्दै प्रमाण पठाएका छन् । हामीले यी दुइ क्याफेमा बुझ्दासमेत मेनु गैरकानुनी नै पाइएको छ । 

भएको के हो ? हुनुपर्ने के हो ?
नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत भ्याट नियमावली २०५३ को नियम १४ (ख) मा स्पष्ट रुपमा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ तर यो नियमको बर्खीलाप गर्दै विभिन्न रेष्टुरेन्टहरुले आफ्नो मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेका छन् ।
अर्थात प्रचलित नियम अनुसार कुनै पनि रेष्टुरेन्टको मेनुमा १३% अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न पाईदैन । तर थुप्रै रेष्टुरेन्टले खुलेआम रुपमा कानुनको धज्जी उडाएर यसरी ‘गैरकानुनी’ नियम बनाइरहेका छन् । यसरी गलत काम गर्नेहरुमा ठुलै रेष्टुरेन्टहरु पनि छन् । हामीले नयाँ बानेश्वरको एलिनाज बेकरी र इन्द्रेणी फुडल्याण्डमा गैरकानुनी मेनु भएको खबर यसअघि नै प्रकाशन गरेका थियौं । 

ठुलाको मनपरी, सानालाई ‘कडाई’
यसरी ठुला व्यवसायीहरुले गरेको यस्तो गैरकानुनी कामका बारेमा सम्बन्धित निकाय आन्तरिक राजश्व विभाग बोल्ने गरेको छैन । बरु साना व्यवसायीहरुलाई भने विभागले यसरी काम गर्नुपर्छ भन्दै कडाइ गरिरहेको छ । उपत्यकामा धेरै यस्ता ठुला मानिएका रेष्टुरेन्टहरु छन्, जसमा यस्तै गैरकानुनी मेनु राखिएको छ । कानुनको ठाडो रुपमा धज्जी उडाउने यी रेष्टुरेन्टहरुले भ्याटका कुराहरुलाई जहिले पनि खेलाँची सम्झने गरेका छन् । 
कानुन छ, तर नियमन फितलो !
यसो त यसरी मेनुमा भ्याट छुट्टै उल्लेख गर्न नपाइने स्पष्ट नियम भएपनि यसको अनुगमन र नियमन भने फितलो छ । छोटोमा भन्दा आन्तरिक राजश्व विभागले यस्ता गैरकानुनी काममा मतलव नै राखेको छैन । विभागका ठुला हाकिम समेत पुग्ने यी रेष्टुरेन्टहरुमा यसरी खुल्लम खुल्ला गलत काम हुँदा पनि कारवाही प्रक्रिया अगाडी नबढ्नुलाई जानकारहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । यसो त यस्तो गलत कार्य गर्नेलाई के कारवाही गर्ने भन्ने विषयमा विभागसँगनै स्पष्ट कानुन छैन । तर भ्याट ऐनका केहि दफाहरुलाई टेकेर विभागले चाहेको खण्डमा यी गलत गर्ने रेष्टुरेन्टहरुलाई कारवाही गर्न विभागले सक्छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी