×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Third Angle : कमेडीका नाममा बैंककै ब्राण्डमाथि दखल, एनबी बैंकलाई ‘भद्रगोल’ले बनायो ‘डामाडोल बिकाश बैंक’

PRIME CA

Third Angle : कमेडीका नाममा बैंककै ब्राण्डमाथि दखल, एनबी बैंकलाई ‘भद्रगोल’ले बनायो ‘डामाडोल बिकाश बैंक’

१० बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अप्रिल १९ तारिख शुक्रबारका दिन नेपाल टेलिभिजनबाट प्रशारण हुने मिडिया हबको उत्पादन रहेको हास्य टेलिसृंखला ‘भद्रगोल’मा बैंकिङ सम्बन्धि कारोबारका विषयमा ‘कमेडी’ गरियो । युट्युबमा हालसम्म १५ लाख बढीले हेरिसकेको र युट्युबको ‘ट्रेन्डीङ’मा समेत परिसकेको उक्त सिरियलमा ‘पांडे’ पात्रले बाटोमा चेक बुक भेट्टाएर त्यसमा किर्ते हस्ताक्षर गरी पैसा निकालिएको प्रसङ्ग छ । जहाँ उक्त बैंकको नाम ‘डामाडोल बिकास बैंक’ राखिएको छ । सिरियलमा दिउँसो गरिएको कारोबारको मेसेज एसएमएसमार्फत बेलुकीमात्र आएको भनी बैंकहरुमाथि व्यंग्य पनि गरिएको छ । तर निर्माण युनिटले ख्याल नगर्दा र कतिपय ठाउँमा ढंग नपुर्याउंदा नेपाल बंगलादेश बैंकको भने ‘घोर बेइज्जत’ भएको छ ।
नेपाल बंगलादेश बैंकको लोगो देखाएर ‘डामाडोल बिकास बैंक’ !
सिरियलको झन्डै ४ मिनेट ३६ सेकेन्डतिर पांडे पात्रले बाटोमा एउटा चेकबुक भेट्टाउँछन् । जसमा नेपाल बंगलादेश बैंकको लोगो आधा देखिने गरी पांडेलाई प्रस्तुत गरिएको छ । ठाउँ-ठाउँमा नेपाल बंगलादेश बैंकको लोगो प्रष्ट देखिने गरी देखाइएको छ । तर सिरियलभर बैंकमा दिउँसो गरिएको कारोबारको मेसेज बेलुका आएको, किर्ते हस्ताक्षर गरिएको चेक साटिएको देखाइएको छ । जसका कारण नेपाल बंगलादेश बैंकमा कारोबार गर्नेले उक्त व्यंग्य आफुले कारोबार गर्ने बैंककै लागि हो भनेजसरी बुझ्ने वातावरण बनेको छ । 
मिडिया हबजस्तो बिज्ञापन र प्रचार-प्रसार वा कसैको ब्राण्डको महत्व बुझ्ने मिडियाले नै यसरी अरुको ब्रान्ड नै बदनाम हुने गरी गरेको कामलाई सामान्य रुपमा लिन नसकिने तर्क विज्ञापन बजारका केहि अग्रजहरुको छ । मिडिया हब संचालक सोम धिताल आफ्नो साथी र बिज्ञापन संघकासमेत जिम्मेवार पदाधिकारी भएकाले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक बिज्ञापन व्यवसायीले अर्थ सरोकार डटकमसँग भने, ‘यो त सरासर नगरे-नगरेजस्तो गरेर नेपाल बंगलादेश बैंकको बेइज्जत गर्न खोजेको जस्तो देखियो ।’ 
अझ नेपाल बंगलादेश बैंकको लोगो देखाएर बैंकको सफ्टवेरमा भने एक सहकारीको नाम देखाइएको छ । जसले घुमाउरो पाराले नेपाल बंगलादेश बैंकको सेवा सहकारीको जस्तै भएको सन्देश दिन त खोजिएको होइन ? भन्ने प्रश्न उठेको छ ।  
चेक नम्बरको कोड पनि नेपाल बंगलादेश बैंककै प्रयोग गरिएको छ । एउटा ‘इन्सर्ट’मा डामाडोल बिकास बैंक देखाएर थुप्रै ठाउँमा प्रष्टसँग नेपाल बंगलादेश बैंकको लोगो प्रयोग भएको छ । यसले घुमाउरो पाराले नेपाल बंगलादेश बैंकलाई डामाडोल बैंक, सिष्टम नभएको बैंक, किर्ते हस्ताक्षर चल्ने बैंक, वा दिउँसो भएको कारोबारको मेसेज बेलुका आउने बैंकको रुपमा प्रस्तुत गरिएको छ । झन्डै २००० बढीले कमेन्ट गरेको उक्तभिडियो मा कतिपयले नेपाल बंगलादेश बैंकलाई नै घुमाउरो पाराले व्यंग्यसमेत गरेका छन् । 
‘अलिकति देखिएछ, सच्याउन लगाउँछु’ : मिडिया हबका संचालक 
यस विषयमा हामीले मिडिया हबका सञ्चालक सोम धितालसँग कुराकानी गरेका थियौं । उनले आफ्नो कुनै त्यस्तो नियत नभएको प्रष्ट पार्दै त्यसलाई ‘ब्लर’ गर्न लगाउने र बुधबारसम्ममा मिलिसक्ने बताएका छन् । उक्त भिडियो नेपाल बंगलादेश बैंककै लोगो हेरेर झन्डै १५ लाखले हेरिसकेका छन् । ‘युट्युबमा १५ लाख बढीले हेरिसके, फेरि सच्याउन मिल्छ त ?’ भन्ने हाम्रो प्रश्नमा धितालले भने, ‘मिल्छ । भोलिसम्ममा सचिन्छ ।’     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: