
पोखरा- तत्कालीन विश्व विकास बैंकमा भल्टरुमभित्रै भएको अनैतिक कामका बारेमा तथ्य बाहिरिएपछि तत्कालीन विश्व विकास बैंकका सीइओ भएकै कारण विवादमा तानिएका समिर शेखर बज्राचार्यले गण्डकी बिकास बैंक छोड्ने भएका छन् । विश्व बिकास बैंक र फेवा फाइनान्सको मर्जरपछि बनेको गण्डकी बिकास बैंकको डेपुटी सीइओको पदमा रहेका उनले मुक्तिनाथ बिकास बैंकको डेपुटी सीइओ बन्नका लागि उक्त पद छोडेका हुन्। मुक्तिनाथ बिकास बैंकका तत्कालीन डेपुटी सीइओ तारा मानन्धर कैलाश बिकास बैंक आएपछि मुक्तिनाथमा उक्त पद रिक्त भएका थिए ।
गण्डकी बिकास बैंकमा समेत दुइजना डेपुटी सीइओ रहेकाले बैंकमा यहि पदमा समेत केहि मत-भिन्नताहरु थिए । बज्राचार्यले बैंकको अफर लेटर लिइसकेका छन् भने उनी केहि समयभित्रै मुक्तिनाथ आइसक्नेछन् । गण्डकीमा उनले पदबाट राजिनामा दिइसकेका बज्राचार्य काठमाडौंको बानेश्वर ब्राञ्चमा कार्यरत छन् ।
काममा अब्बल बज्रचार्य !
यसो त उनी बैंकिङमा भने अब्बल व्यक्तित्वका रुपमा चिनिन्छन् । उनीसँग विदेशी संस्थामा केही वर्ष काम गरेको अनुभव पनि छ । यसले उनलाई बैंकिङमा थप खारिएको बनाएको छ । करिव २० बर्षभन्दा बढी बैंकिङ अनुभव रहेका उनले पोखरा फाइनान्सबाट बैंकिङ करियर शुरु गरेका थिए । बैंकको इन्टरनल अपरेशनमा निकै राम्रो काम गर्ने बैंकरका रुपमा चिनिएका उनले मुक्तिनाथको को-कमान सम्हाल्ने भएका हुन् । यद्यपी विश्व बिकास बैंकमा रहंदा केहि काण्डहरुका कारण विवादमा तानिएपछी लागेको धब्बाभने अझै पनि मेटिएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्