Skip to content
LAXMI SUNRISE BANK

गुणस्तरहीन प्रमाणित भएसँगै ओपीसी सिमेन्ट बिक्नै छोडेपछि अर्घाखाँची पीपीसी सिमेन्ट बजारमा ! होला त गुणस्तर ?

अर्थ सरोकार

काठमाडौँ । आफ्नो उत्पादनको ओपीसी सीमेन्ट पटक पटक गुणस्तरहीन प्रमाणित भएको खबर सार्वजनिक भएपछि बजारमा अर्घाखाँची ओपीसी सिमेन्ट बिक्नै छोडेपछि अर्घाखाँची सिमेन्टले पहिलो पटक पोर्टल्यान्ड पोजोनाला सिमेन्ट (पीपीसी) को उत्पादन बजारमा ल्याएको छ । बजारमा अर्घाखाँची ओपीसी सिमेन्टकोको माग ३०० प्रतिशत भन्दा बढीले घटेपछि बाध्य भएर उद्योगले पीपीसी सिमेन्ट बजारमा ल्याएको हो । अर्घाखाँची सिमेन्ट उद्योगले पाँच वर्ष अघिदेखि अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) उत्पादन बजारमा ल्याएको थियो । तर पटक पटकगरी थुप्रै पटक सिमेन्ट गुणस्तरहीन प्रमाणित भएको थियो । यसलाई कम्पनीले ढाकछोप गर्न ठुलै हतकन्डा अपनाएको थियो । 

के गुणस्तरीय छ त पीपीसी सिमेन्ट ?
यता अर्घाखाँचीको पीपीसी सिमेन्टले शुक्रबार नेपाल गुणस्तर चिह्नसमेत प्राप्त गरिसकेको अर्घाखाँची सिमेन्टका मालिक मुरारकाको दावी छ । यसो त ओपीसी सिमेन्ट गुणस्तरहीन प्रमाणित हुनुअघि पनि उनले यस्तै दावी गरेका थिए । पीपीसी सिमेन्ट ओपीसीको तुलनामा सस्तो भएकाले गुणस्तरहीन ओपीसी सिमेन्ट प्रयोग गर्नुभन्दा पीपीसी सिमेन्टकै माग माग बढेका समयमा अर्घाखाँचीले पनि पीपीसी सिमेन्टको उत्पादन बजारमा ल्याएको हो। 
केहि सिप नलागेपछि बजार स्ट्राटीजीनै परिवर्तन ! 
यसो त पटक पटक अर्घाखाँची ओपीसी सिमेन्टको गुणस्तरहीनताको ढाकछोप गर्न उद्योगले राम्रै कसरत गरेको थियो । पटक पटक गुणस्तरहीन प्रमाणित भएको खबर लुकाउन यो सिमेन्ट उद्योगका तर्फबाट प्रिज्मा एडभरटाईजीङ नामक बिज्ञापन एजेन्सीले विभिन्न मिडियामा दलालीको काम समेत गरेको थियो । यस विषयमा तयार विशेष सामाग्री हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं । यसरी अर्घाखाँची सिमेन्टको गल्ती कसैगरी पनि ढाकछोप गर्न नसकिएपछि केहि इन्जिनियरहरुलाई प्रयोग गरेर बैंकले झुटको खेती गर्न खोजेको थियो । यसलाई पनि कसैले नपत्याईदिएपछि उद्योगले अन्तत: पीपीसी सिमेन्ट उत्पादनमा ल्याएको हो ।
हेर्नुहोस्, अर्घाखाँची सिमेन्टबारे अर्थ सरोकारले गरेको निरन्तरको फलोअप :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK