×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीले फेरि गरे रेलकै कुरा, नेपाल–भारतबीचको व्यापार र लगानीलाई उच्च प्राथमिकता दिएको भनाई (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री ओलीले फेरि गरे रेलकै कुरा, नेपाल–भारतबीचको व्यापार र लगानीलाई उच्च प्राथमिकता दिएको भनाई (भिडियो)

Artha Sarokar

१३ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको पनि बताउनुभयो । 
आईतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै उहाँले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिँस्सा भारत र भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारबहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको थियो । दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात/निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी