Skip to content
LAXMI SUNRISE BANK

सवारी व्यापारीले ‘कमाउने सप्ताह’ नाडा अटो शो हुँदै, जनता ठग्न पल्किएकाहरु पनि सहभागी (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । सवारी साधनहरुको कुम्भ मेला भनिने तर यथार्थमा गाडी व्यापारीहरुको कमाउने सप्ताहका रुपमा परिचित नाडा अटो सो भदौ १० देखि सुरु हुने भएको छ ।नाडा अटो मोबाईल्स नेपालले आईतबार पत्रकार सम्मेलन गर्दै नाडा अटो साकोे १४ औं संस्करण भदौ १० देखि १६ गते सम्म हुने जानकारी दिएको हो । 
आयोजकले यो अटो सोमा बिगतमा भन्दा धेरै सहभागिता हुने बताएको छ । यो वर्षको प्रदर्शनीमा ४ पाँग्रेका २३ वटा ब्राण्डका गाडीहरुको प्रदर्शनी हुने भएको छ । यस्तै अटो सो मा १९ वटा ब्रान्डका २ पांग्रे १२ वटा ब्रान्डका लुब्रिकेंट लगायतको सहभागिता हुने मेला आयोजक समितिका संयोजक निराकार श्रेष्ठले जानकारी दिए। 
कार्यक्रममा कागजमा लेखिएको ‘ग्राहक बर्ग’ समेत भन्न नजानेका श्रेष्ठले मेलामा बीमा कम्पनि,बित्तिय संस्थाका छुट्टाछुट्टै स्टल रहने पनि जानकारी दिएका छन् । कार्यक्रममा बिगतमा जनता ठग्न पल्किएको कम्पनी भनेर कुख्यात बनेको हुन्डाई लगायतका कम्पनीहरुको समेत सहभागीता रहनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK