
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसदको सार्वजनिक लेखा समितिले ठहर गरेको बेरुजु ३ महिनादेखि ६ महिना भित्र असुल उपर गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । पूर्व अर्थमन्त्री समेत रहनु भएका काँग्रेस नेता कार्कीले सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार बेरुजु फछर्यौंट नगर्नेमाथि कडा कानुनी कार्वाहीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो । आईतबार संघीय संसदको अर्थ समितिमा पेश गरिएको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उहाँले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन पनि विधेयकमा सो कानुनी व्यवस्था गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । नेता कार्कीले सबै बेरुजु महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नुभयो । उहाँले आन्तरिक लेखा परीक्षण समूह र लेखा संचालन तथा व्यवस्थापन समूह भनि खटाइएका कर्मचारीलाई एक समूहबाट अर्को समूहमा परिवर्तन नगर्ने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
काँग्रेस नेता कार्कीले अन्तिम लेखा परीक्षकले अनुचित कार्य गरेको प्रमाणित भएमा कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले बेरुजु फछर्यौंट समितिको सदस्य सचिव सार्वजनिक लेखा समितिको सचिवलाई राख्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनु भयो । सरकारले प्रस्ताव गरेको विधेयकमा ‘कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यायलको प्रमुख’ सो समितिको सदस्य सचिव रहने प्रावधान राखिएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्