×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ तस्विरमा हेर्नुहोस् चार्टड एकाउन्टेन्ट्स संघले गरेको सामाजिक सुरक्षा कोषसम्बन्धि प्रशिक्षण कार्यक्रम (फोटो कथा)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१६ तस्विरमा हेर्नुहोस् चार्टड एकाउन्टेन्ट्स संघले गरेको सामाजिक सुरक्षा कोषसम्बन्धि प्रशिक्षण कार्यक्रम (फोटो कथा)

५ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) चितवन च्याप्टरले भरतपुरमा आयोजना गरेको सामाजिक सुरक्षा कोष सम्बन्धि प्रशिक्षण कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको छ । असोज ४ गते भएको उक्त कार्यक्रममा सयौंको संख्यामा सहभागीहरुले सहभागीता जनाएका थिए भने उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोषसम्बन्धि निकै महत्वपूर्ण बहस भएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अथिति भरतपुर नगरपालिकाकी मेयर रेणु दाहालले राष्ट्र निर्माणमा सिएहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै सम्पूर्ण नगरपालिका चार्टड एकाउन्टेन्टहरुको सहयोग लिएर सहकार्य गरी अगाडि बढ्न तयार भएको बताएकी छिन् । सामाजिक सुरक्षा कोषलाई लिएर चितवनमा तालिम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिंदै उनले समग्र व्यवसाय वा सिए क्षेत्रमा आफुले गर्नुपर्ने योगदानमा कुनै पनि कमी नहुने दावीसमेत गरेकि छिन् । 
उक्त कार्यक्रममा विभिन्न व्यावसायिक क्षेत्रमा अग्रजहरु, एक्यानका प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति थियो । भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा सयौंको संख्यामा सहभागीहरुको सहभागिता थियो । साथै नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)-चितवन च्याप्टरले सोहि दिन आफ्नो कार्यलयसमेत उद्घाटन गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: