काठमाडौं । एटिएम ह्याक प्रकरणमा प्रहरीलाई अर्को सफलता मिलेको छ । नेपालमा आफ्ना साथीहरु समातिएपछि रातारात भाग्न खोज्ने चिनियाँ ह्याकर समूहका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति सु लु सिङ नाम गरेका एक चिनियाँ नागरिकलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
थप अनुसन्पधान भइरहेको प्रिरहरीको भनाइ छ । ह्याकर समूहका ३ जना फरार थिए । थप दुइ जनाको खोजी कार्य जारी छ । शनिबार पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन थिए । उनीहरुको साथबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरिएको थियो ।