×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इ-सेवाबाट हवाई टिकटको कारोवार गैरकानुनी भएको सरकारको निष्कर्ष, अव कारोबार गरे कार्वाही हुने !

अर्थ सरोकार

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार

PRIME CA

इ-सेवाबाट हवाई टिकटको कारोवार गैरकानुनी भएको सरकारको निष्कर्ष, अव कारोबार गरे कार्वाही हुने !

भैरहवा । प्रदेश नं ५ सरकारले ई-टिकेटिङ अथवा ई-सेवा बाट हवाइ टिकटको व्यवसाय गर्नेलाई काम गैरकानुनी भएको बताएको छ । प्रदेश नं ५ उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेश नं ५ पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली इ-सेवा लगायतका इ-टिकेटिङ बाट हवाइ टिकेटिङको कारोवार गरेको पाइएमा २० हजार जरिवाना सहित कारोवार बन्द समेत हुने भन्दै सूचना निकालेको छ ।
प्रदेशमा रहेका अधिकांस ठाउमा गैरकानुनी रुपमा इ-सेवा लगायतका इ-टिकेटिङ मार्फत हवाइ टिकेटको कारोवार भएको भन्दै प्रदेश सरकारले यस्तो सूचना निकालेको हो। जिल्ला प्रसासन कार्यालयले केही समयपछि अनुगमन गर्ने र इसेवामार्फत हवाइ टिकेटको कारोवार भएको फेला परे कारवाही गरिने बताइएको छ ।
आफुहरुले लाखौँ रुपैयाँ धरौटी राखेर हवाइ टिकेटको कारोवार गर्ने तर इसेवाको प्रयोग गरी गैरकानुनी कारोबार भएको भन्दै इसेवा विरुद्ध थुप्रै मौखिक उजुरी परेका थिए । अन्तत: प्रदेश नं ५ का ४८ वटा पर्यटन व्यवसायीले इसेवा र इ टिकेटिङको विरोध गर्दै आफुहरु दर्ता नविकरण गर्न नमाने पछि प्रदेश सरकारले उक्त निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: