Skip to content
LAXMI SUNRISE BANK

सभामुख महराले दिए राजीनामा

अर्थ सरोकार

काठमाडौं – सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्। 
आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो । ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि विरोध हुँदै आएको थियो । तर सभामुखको नीजि सचिवालयले भने उक्त आरोप झुटो रहेको भन्दै खण्डन गरेको थियो।
‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रशन उठाई लगाएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताको आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिने बेलासम्मको लागि राजीनामा दिएको छु’ महराद्वारा उपसभामुखलाई बुझाइएको राजीनामा पत्रमा लेखिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK