काठमाडौँ । अब मोबाइलबाट पनि कर तिर्न सकिने भएको छ । आन्तरिक राजस्व विभागले कर तिर्नका लागि सुविधासहितको मोबाइल एप ल्याएको छ । विभागले यस्तो एप ल्याएसंगै आम करदाताहरुलाई सहज हुनुकासाथै समयको समत बचत पनि हुने भएको छ । करदाताहरु यस अघि भने सम्बन्धित ठाउँमै गएर कर बुझाउंदै आएका थिए ।
आन्तरिक राजस्व विभागले करदाता दिवसको अवसरमा पारेर सुविधासहितको मोबाइल एप ल्याएको हो । विभागले ‘आइआरडी’ एप ल्याएको हो । करदाताहरुले आफुले तिर्नुपर्ने कर उक्त मोबाइल एप प्रयोग गरेर तिर्न सक्नेछन् ।
सो मोबाइल एपमा प्यान रजिष्ट्ररदेखि कर फिर्ताको जानकारी समेत पाइनेछ ।