×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु( भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु( भिडियो रिपोर्ट)

Artha Sarokar

२७ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार काठमाडौंमा एक समारोहका बीच विश्वका विभिन्न मुलुकका अवैतनिक वाणिज्य दुतहरु सहभागी रहेको सो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सहयोग गर्न अवैतनिक वाणिज्य दुतहरुलाई आह्वान गर्नुभयो । उहाँले नेपाल सरकारले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै त्यसमा साथ दिन सबै देशका अवैतनिक वाणिज्य दुतहरुलाई आह्वान गर्नु भएको हो । त्यस अवसरमा उहाँले वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएको उल्लेख गर्दै लगानी गर्न पनि बाह्य मुलुकका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपालको ऊर्जा, पर्यटन, कृषि र उद्योगमा लगानी गरे उच्च प्रतिफल प्राप्त गर्न सकिने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।

मन्त्री ज्ञवालीले नेपालमा आर्थिक विकासको गतिले तीव्रता पाएको उल्लेख गर्दै त्यसबाट आउने मुनाफाको लाभ लगानीकर्ताहरुलाई हुने पनि स्मरण गराउनुभयो । उहाँले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने योजना अघि सारेको उल्लेख गर्दै बाह्य लगानीकर्ताहरुले उच्च प्रतिफल पाउने गरी आवश्यक व्यवस्था मिलाइएको दावी पनि गर्नुभयो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी