
समितिले योग्यता पुगेका र आवश्यक अनुभव हाँसिल गरेका इच्छुक व्यक्तिहरुलाई १५ दिन भित्र दर्खास्त दिन आह्वान गरेको हो ।
अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष सिफारिस गर्नको लागि राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फयुालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । जसमा रामकुमार फयुाल, शिशिर ढुंगाना र सिए कृष्ण आचार्य रहेका छन् ।
गठित समितिले बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गर्नेछ । जसमा एक जना बोर्ड अध्यक्षमा नियुक्त हुनेछन् । यसअघि बोर्डबाट डा.रेवतबहादुर कार्कीले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिसकेका छन् । उनी बाहिरिएसँगै लामो समयदेखि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।
थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् :

