काठमाडौँ । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि खुला दरखास्त आह्वान गरिएको छ । अध्यक्ष सिफारिस गर्न अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले शुक्रबार दरखास्त आह्वान गरेको हो ।
समितिले योग्यता पुगेका र आवश्यक अनुभव हाँसिल गरेका इच्छुक व्यक्तिहरुलाई १५ दिन भित्र दर्खास्त दिन आह्वान गरेको हो ।
अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष सिफारिस गर्नको लागि राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फयुालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । जसमा रामकुमार फयुाल, शिशिर ढुंगाना र सिए कृष्ण आचार्य रहेका छन् ।
गठित समितिले बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गर्नेछ । जसमा एक जना बोर्ड अध्यक्षमा नियुक्त हुनेछन् । यसअघि बोर्डबाट डा.रेवतबहादुर कार्कीले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिसकेका छन् । उनी बाहिरिएसँगै लामो समयदेखि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।
थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्