काठमाडौं – नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस)ले शुक्रबारदेखि बल्ल काम गर्न थालेको छ । उक्त प्रविधि करिब तीन महिनापछि मात्र पूर्णरुपमा सञ्चालमा आएको हो ।
आरटीजीएस प्रविधिबाट तत्काल एक बैंकबाट अर्को बैंकमा सीधै भुक्तानी गर्न सकिनेछ । यो सेवा २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा हुन्छ भने २० लाखभन्दा माथिको रकममा अनिवार्य गरिएको छ ।
आरटीजीएस यस्तो प्रविधि हो जसबाट चेकबिना एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा रकम पठाउन वा झिक्न सकिने छ । प्राप्त भएको जानकारी अनुसार केन्द्रीय बैंकले यो सेवा अहिले वाणिज्य बैंकहरुमा मात्र लागू गरिएको छ भने पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि लागु गर्ने तयारी रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्