×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुमा आरटीजीएस लागू, चेक नकाटी पैसा पठाउन वा झिक्न सकिने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वाणिज्य बैंकहरुमा आरटीजीएस लागू, चेक नकाटी पैसा पठाउन वा झिक्न सकिने !

११ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस)ले शुक्रबारदेखि बल्ल काम गर्न थालेको छ । उक्त प्रविधि करिब तीन महिनापछि मात्र पूर्णरुपमा सञ्चालमा आएको हो ।

आरटीजीएस प्रविधिबाट तत्काल एक बैंकबाट अर्को बैंकमा सीधै भुक्तानी गर्न सकिनेछ । यो सेवा २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा हुन्छ भने २० लाखभन्दा माथिको रकममा अनिवार्य गरिएको छ । 

आरटीजीएस यस्तो प्रविधि हो जसबाट चेकबिना एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा रकम पठाउन वा झिक्न सकिने छ । प्राप्त भएको जानकारी अनुसार केन्द्रीय बैंकले यो सेवा अहिले वाणिज्य बैंकहरुमा मात्र लागू गरिएको छ भने पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि लागु गर्ने तयारी रहेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: