काठमाडौं । सरकारले अनिवार्य प्यानको व्यवस्था गरेपछि पछिल्लो ३ महिनामा मात्र ६ लाख १९ हजार जनाले नयाँ प्यान लिएका छन् । सरकारले २ हजार रुपैयाँभन्दा धेरै भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि ३ महिनामा मात्र ६ लाख १९ हजार जनाले नयाँ प्यान लिएका हुन् ।
सरकारले आर्थिक वर्षको सुरुभएसँगै प्यान अनिवार्य गरेको थियो । तलव, ज्याला तथा अन्य सुविधालगायत लिनका लागि अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था सरकारले ल्याएको थियो । सोहि अनुसार ०७६ असार मसान्तसम्ममा ९ लाख ९३ हजार जनाले प्यान लिएको अर्थ मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा मात्रै ६ लाख १९ हजार जनाले प्यान लिएका छन् । असार मसान्तसँग तुलना गर्दा पछिल्लो ३ महिनामा प्यान लिनेको संख्या ६२ प्रतिशतले धेरै हो । अहिलेसम्म प्यान लिनेको संख्या २८ लाख ८९ हजार पुगेको मन्त्रालयले जनाएको छ ।
व्यक्तिगत र व्यावसायिक गरी २ प्रकारका प्यान लिन पाइन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्