काठमाडौँ । आजबाट ग्लोबल आइएमइ बैंकसँगको मर्जरसँगै नाम निसान नै हराएर अस्तित्व नै सकिएको जनता बैंकप्रति नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजिवी नेपालले साइबर सुरक्षाको विषयलाई लिएर व्यंग्य गरेका छन् । नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर नेपालले साइबर सुरक्षामा नेपाल धेरै पछाडी रहेको बताउँदै उनले व्यंग्य गर्दै भने ‘ बैकहरूमा स्टाफले नै अरूकाे चेकबुक दिन्छन, पहिले हामीले सुधार गरौ, एकैपटक धेरै गर्नुपर्ने अवस्था आएकाे छ । बैकका कर्मचारीले चेक मात्रै दिए, नाेटकाे बिटाे दिए भने के गर्ने ।’
साथै उनले ब्याजदर र टेक्नाेलाेजीको चुनौती देखिएर नै आफुले मर्जरको कुरामा जोड दिएको प्रष्ट पारे । ‘धेरै बैंक हुँदा पैसा पनि धेरै तिर छरिन्छ र खर्च बढेर ब्याजदर पनि बढ्छ , बैंक मर्जमा गए यो कुरो एडजस्ट हुन्छ।’उनले भने । उनले विश्वकाे बैकिङ फाेरममा जाँदा नेपालकाे बैकिङकाे कुरा गर्न पनि लाज लाग्ने गरेको बताए । ‘यहाँ सिइओहरू हुनुहुन्छ, टाइसुट लगाउनुभएकाे छ, राम्राे हुनुहुन्छ, तर विदेशी फाेरममा जाँदा नेपालमा सुरू नै नभएकाे विषयमा कुरा हुन्छ त्यसैले त्यस्ताे कार्यक्रममा सहभागी हुन लाज लाग्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्