Skip to content
LAXMI SUNRISE BANK

कालिका र जनसेवी लघुवित्तको एकीकृत कारोबार पुस २३ गतेदेखि शुरु हुने, नाम कालिका नै रहने !

अर्थ सरोकार

काठमाडौँ – स्याङ्जाको वालिङ्गमा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त र पर्वतको कुस्मामा केन्द्रिय  कार्यालय रहेको जनसेवी लघुवित्तलको पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । यी दुई संस्थाको एकिकृत कारोबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट शुरु हुन लागेको हो । 
मर्जरपश्चात  संस्थाको रजिष्टर्ड कार्यालय वालिङ्ग–८, स्याङ्गजामा रहनेछ। कालिका र जनसेवी  गत जेठ ५ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता गरेका थिए । एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत पुस २ गते अन्तिम स्वीकृती दिएको थियो । 
यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने संस्थाको सम्पूर्ण सम्पत्ती तथा दायित्व गाभ्ने संस्थाले सकार्ने व्यहोर्ने गरी पुस ११ गते स्वीकृति दिएको थियो।
गत कात्तिक २५ गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एकआपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको थियो । मर्ज यी दुबै लघुवित्त एक बराबर एक स्वाप रेशियोका गाभिएका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK