Skip to content
LAXMI SUNRISE BANK

नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा सामाजिक सुरक्षा कोषमा जान अस्वीकार, जबरजस्ती गरे आन्दोलनमा उत्रिने चेतावनी !

अर्थ सरोकार

काठमाडौं। नेपाल वित्तीय संस्था कर्मचारी संघले सामाजिक सुरक्षा कोषमा दर्ता हुन अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकले सो कोषमा अनिवार्य रुपमा आबद्ध हुन निर्देशन दिएको भएपनि संघले एक विज्ञप्ति जारी गर्दै अस्वीकार गरेको हो ।

साथै संघले निर्देशन फिर्ता लिनुपर्ने पनि ध्यानाकर्षण गराएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले पाइरहेको सेवा सुविधाहरु सामाजिक सुरक्षा कोषमा जाँदा काटिने लगायतका कुराको समस्या आउने संघले जनाएको छ । राष्ट्र बैंकले जबरजस्ती आवद्ध गराउन खोजे आन्दोलनमा उत्रिने समेत संघले जनाएको छ ।

संघले कोषमा आवद्ध हुनुमा कुनै फाइदा नभएको पनि जनाएको छ । हाल सो संघ अन्तर्गत ४५ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिष्ठानस्तरका ट्रेड यूनियनहरु रहेका छन्।

संघले जारी गरेको विज्ञप्तीमा बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुको नोकरी अबधि ३० वा उमेर ५८ वर्षमा अवकाश हुने हुँदा सामाजिक सुरक्षा कोषको व्यवस्थानुसार ६० वर्ष पुगेपछि मात्र निवृत्तीभरण बापतको रकम भुक्तानी हुने उमेरको अन्तरले गर्दा पर्नजाने समस्यालाई सम्वोधन गर्नुपर्ने उल्लेख छ । यस्तै संघले सामाजिक सुरक्षा योजनामा जाँदा यस क्षेत्रमा कार्यरत कर्मचारीहरुले पाइरहेको सेवा सुविधाहरुको सुरक्षा ग्यारेन्टी गरेर मात्रा सामाजिक सुरक्षा योजनामा सहभागी हुने व्यवस्था गर्नुपर्ने समेत उल्लेख छ ।

साथै कोषमा जम्मा गर्दा र अवकाशपछि भुक्तानी लिँदा तिनुपर्ने दोहोरो कर व्यवस्थालाई संशोधन गर्न पनि माग गरेको छ। यस्तै सरकारी कर्मचारीहरुको योगदानमा आधारित सामाजिक सुरक्षाका लागि ल्याइएको निवत्तीभरण कोष ऐन २०७५ र निजी क्षेत्रका कर्मचारीहरुको योगदानमा आधारित सामाजिक सुरक्षाका लागि ल्याइएको सामाजिक सुरक्षा र कार्यविधिमा रहेको विभेद हटाउन पनि संघले मांग गरेको छ ।
कर्मचारी संचय कोष तथा नागरिक लगानी कोषबाट पाउने सहुलियतपूर्ण ऋण सुविधालगायतका व्यवस्था गर्न संघको माग छ।
हेर्नुहोस् नेपाल वित्तीय संस्था कर्मचारी संघले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK