×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईसीपीको प्रधामन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रुपमा उद्घाटन ! (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आईसीपीको प्रधामन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रुपमा उद्घाटन ! (भिडियो रिपोर्ट)

Artha Sarokar

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका बुधनगरमा बनेको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) को प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । मंगलबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले सिंहदरवारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आईसीपी उद्घाटन गर्नुभएको हो । भारतको सहयोगमा निर्माण भएको आईसिपी उद्घाटन सँगै यसको स्वामित्व नेपालसँग आएको छ । 
आईसिपी सुचारु भएसँगै निर्यात लागत घट्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताउनुभयो । पार्किङ स्थल, जाँच पोष्टसहितका सेवाहरु एकै ठाउँबाट उपलब्ध हुने भएपछि आयात र निर्यातकर्तालाई सहज हुने उहाँको भनाई छ । मन्त्री भट्टले सुख्खा बन्दरगाहको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न ११ गते अध्ययन टोली त्यसतर्फ जाने बताउनुभयो । हेटौडा देखि वीरगञ्जसम्मा सुख्खा बन्दरगाहको अध्ययन गर्ने र भैरहवा औद्योगिक क्षेत्रको पनि अध्ययन गरी तत्काल देखिएका समस्याहरु निराकरण गरिने उहाँले बताउनुभयो । मन्त्री भट्टले सुनौली, नेपालगञ्ज लगायतका ठाउँमा पनि आईसीपी निर्माणका लागि योजना अगाडी सारिएको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आईसीपी निर्माणपछि खर्च व्यवस्थान हुने र सामानको सुरक्षामा सहयोग पुग्ने बताउनुभयो । कम मूल्य मै आवश्यक वस्तुहरु आयात निर्यात गर्न सकिने धारणा राख्दै श्रेष्ठले नेपालगञ्ज लगायतका क्षेत्रमा पनि छिटो निर्माण भए सबैतिर सुलम मूल्यमा मालसामान पुग्ने बताउनुभयो । आईसीपीबाट नेपाल र भारत दुबै देशले फाइदा लिन सक्ने बताउनुहुँदे उहाँले नीति क्षेत्रका तर्फबाट धन्यवाद समेत ज्ञापन गर्नुभयो । सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने विभिन्न क्षेत्रहरुमा आइसीपी निर्माणको सहमति भएको थियो । उक्त सहमति अनुसार वीरगञ्जमा दुई वर्ष अघि नै आईसीपी निर्माण भइसकेको छ । मंगलबारबाट विराटनगरमा निर्माण भएको आइसीपी सञ्चालनमा आएको छ । अब भैरहवा र नेपालगञ्ज नाकामा निर्माण गर्न बाँकी रहेको छ ।
नुवाकोट र गोरखामा निर्माण भइरहेका ५० हजार निजी आवासको काम छिट्टै सकिने पनि भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको छ । भूकम्पपछिको पुनर्निमाणमा ५० हजार निजी आवास निर्माण गरी नेपाललाई हस्तान्तरण गर्ने योजना अनुसार अहिलेसम्म ४५ घर निर्माण भएका छन् । प्रधानमन्त्री ओलीसँग मंगलबार भिडियो कन्फ्रेन्समा भएको वार्ताका क्रममा ती घरहरु छिट्टै नेपाललाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी