×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सफल हुन नेपोलियन बोनापार्टका टिप्स : ‘एक्लै गर्ने त तपस्या हो, काम मिलेर गर्नुपर्छ’

नेपोलियन बोनापार्टका उत्कृष्ट भनाइहरुलाई हामीले संकलन गरेका छौं । उनी जीवनकला सिकाउने गुरुका रुपमा पनि विश्वव्यापी रुपमा प्रख्यात छन् । हेरौं उनका १० उत्कृष्ट भनाइहरु ।
१. एक्लै गर्ने त तपस्या हो, काम मिलेर गर्नुपर्छ। 
२ . असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ । त्यसैले सबै कुरा सम्भव छन् । 
३ . एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन । कसैलाई घृणा नगर । 
४ . कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर । अरुले साथ दिने हो, मुख्य काम गर्ने होइन । 
५ . त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा । त्यसलाई त्यागीदेउ । 
६ . इतिहास सबैले पत्याइदिएको झुठ हो । त्यसैले इतिहासलाई बिर्सिदेउ, अगाडी बढ । 
७ . तिमीले हारलाई हराएर र असफलता लाई सफलतामा बदलेर मात्र सफल बन्न सक्छौ ।
८ . सोच्नमा समय लगाउ जब काम गर्ने समय आउछ तब सोच्न बन्द गर र अघि बढ ।
९. एकै शत्रुसँग बारम्बार लडाई गर्नु हुदैन, नत्र त तिमीले आफ्नो सम्पूर्ण युद्धका कलाहरु उसलाई सिकाउनेछौ र तिमी हार्नेछौ ।
१०.  मुर्खता मानविय चेतनाको निम्ति फाइदाको कुरा हो- किनकि उ सदैव आफुसँग सन्तुष्ट रहेको हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: