Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंकको १०७औं शाखा जितपुरमा, थापा र पौडेलद्वारा उद्घाटन !

अर्थ सरोकार

जीतपुर

काठमाडौं – नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको उद्घाटन गरेका छन् ।
देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घघाटन गर्दै थापाले देशको आर्थिक बिकास बैंकहरुको सहभागिता बिना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने कुरा बताए ।
यस्तै मेयर डा. कृष्ण प्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुसी व्यक्त गर्दै बैंक प्रति कृतज्ञता ज्ञापन गर्दै साथै सिभिल बैंकले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने कुरामा विश्वास व्यक्त गरेका छन् ।
उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीक नगरी विरगंजसंग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरु रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बताए ।
साथै सोही कार्यक्रमबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तानतरण गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK