
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रको महानगरीय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवाको उद्घाटन बुधबार भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गरेका हुन् ।
उनले नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताएका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त व्यक्त गरे भने समारोहको संचालन शाखा कार्यालय सुर्यविनायकका प्रबन्धक मुरारीप्रसाद दंगालले गरेका थिए ।
बैंकले हाल ७७ जिल्लामा रहेको २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्