कास्की । चेक काट्दै हुनुहुन्छ ? तपाईंले लेख्नुभएको नम्बर अगाडी खाली ठाउँ त छैन ? बिचार गर्नुहोस्, ९ लाखको चेकलाई ९९ लाख बनाएर साटिएको तथ्य बाहिर आएको छ । पर्वत कार्कीनेटा स्थायी घर भई पोखरा–७, बस्ने सरोज पौडेललाई प्रहरीले चेक अनादर मुद्दामा पक्राउ गरेर छानविन गगरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
पौडेलले सुमितजंग अधिकारीको नाममा लिएको ९ लाखको चेकलाई अंक र अक्षर दुवैमा थपेर ९९,००,०००/- उनान्सय लाख वनाएर कामना सेवा विकास बैंक मार्फत क्लियरिङमा हालेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको छ । यस प्रकरणमा क-कसको मिलेमतो हुन सक्छ भन्ने बारे पनि अनुसन्धान भइरहेको बुझिएको छ ।