×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक खाता नखोल्दा ज्येष्ठ नागरिकले बृद्धभत्ता पाएनन्,’दशैँ पनि खल्लोमै बितेको थियो…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंक खाता नखोल्दा ज्येष्ठ नागरिकले बृद्धभत्ता पाएनन्,’दशैँ पनि खल्लोमै बितेको थियो…’

Artha Sarokar

१८ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिक समस्यामा परेका छन् ।

रायाका तारावीर रावलले भन्नुभयो,“ नौ महिना बितिसक्यो भत्ता पाइएको छैन । ‘भत्ता नपाउँदा दशैँ पनि खल्लोमै बित्यो, दुई महिना हिउँद पनि चिसोमै काटियो ।’ चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिए पनि अहिलेसम्म भत्ता नपाएको उहाँले गुनासो गर्नुभयो । 
सामाजिक सुरक्षाभत्ता पाउने नागरिकले बैंकमा खाता नखोलेका कारण वितरणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो । उहाँले सबै वडामा एकैपटक वितरण गर्न बजेट निकासा गरिएको तर नागरिकले बैंकमा खाता नखोलेका भत्ता नपाएको बताउनुभयो । सामाजिक सुरक्षाभत्ता स्थानीय निकाय मार्फत् सम्बन्धीतको बैंक खातामा जम्मा हुने नियम रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी