Skip to content
LAXMI SUNRISE BANK

ऋणीको सहजताको लागि राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था… (हेर्नुहोस् विस्तृतमा)

अर्थ सरोकार

काठमाडौं –  बैंक तथा वित्तीय संस्थाका ऋणीले आफ्नो कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा सूचना केन्द्रबाटै पाउने भएका छन् । केन्द्रिय बैंकले कर्जा सुचना विनियमावली २०५९मा उपविनियम थप गर्दै ऋणीलाई आफ्नो कर्जा सम्बन्धी सम्पूर्ण सुचना लिनमा सहजता गरिदिएको हो ।
बैंक तथा वित्तिय संस्था नियमन विभागद्धारा जारी गरिएको सुचनामा ऋणीले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट लिएको कर्जाको एकिकृत विवरण उपलब्ध गराउँ निवेदन दिएमा शुल्क लिएर वा नलिएर त्यस्तो सूचना उपलब्ध  गराउने उल्लेख छ । हालसम्म ऋणीले आफ्नो कर्जाको सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट मात्र लिन पाउने व्यवस्था थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK