काठमाडौँ – बार्सिलोनाका खेलाडीहरुको ७०% तलब कटौती हुने भएका छन् । कोरोना भाईरसले गर्दा फुटबल लगायत गतिविधि ठप्प भएपछि बार्सिलोनाले ठूलो आर्थिक संकटमा पर्ने भन्दै क्लबको प्रस्तावमा सहमति जनाएका हुन् । त्यसैले क्लबले ७०% तलब कटौती गर्ने निर्णय गरेको थियो ।
यस प्रस्तावमा बढी पारिश्रमिक पाउने खेलाडीले सहमत जनाएपनि कम तलव हुने खेलाडी असन्तुष्ट बनेका थिए । खेलाडी र पदाधिकारीको छलफलपछि खेलाडीले क्लबको अवस्थालाई ध्यानमा राखी ७० प्रतिशत तबल काट्न सहमत भएको बार्सिलोनाले जनाएको छ ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई संकट परेको बेलामा खेलाडीले सहयोग गरेको बताएका छन् । उनले सहयोगको उपायको खोजी गर्दा निर्णयका लागि केही ढिला भएको प्रतिक्रिया पनि दिए ।
यसअघि अघिकांश खेलाडी ठूलो मात्रामा क्लबले तलब कटाउन लागेको भन्दै आपत्ति जनाएका थिए । कोरोनाका कारण युरोपियन क्लब फुटबलका आर्थिक संकट देखिएपछि अन्य ठूला क्लबहरु इटालियन क्लब युभेन्टस, जर्मन क्लब बायर्न म्युनिख, बोरुसिया डर्टमन्ड तथा स्पेनिस क्लब एथ्लेटिको म्याड्रि«ड लगायत क्लबले पनि खेलाडी तलब कटौती गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्