
काठमाडौँ । पर्यटनमन्त्रीले कुनै बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले गर्ने कुनै पनि खालका गलत काम सह्य नहुने बताएका थिए । तर विमानस्थलका तिनै कर्मचारीले लगाईदिएको गलत स्ट्याम्पक कारण नेपालीले दुख भोग्नुपर्नेसम्मको हर्कत गरिएको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । जापानमाबाट नेपाल फर्किएकि आकृति खकुरेल एक ११ मार्चमा दिउँसो २ :१५ बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ः२५ बजे ओर्लिइन् । ओर्लिएपछि अध्यागमनमा प्रवेश गरेलगत्तै कर्मचारीले ११ मार्च हुनु पर्नेमा ११ अप्रिलको स्टाम्प लगाएका हुन् । ११ अप्रिल २०२० आउन अझै १ महिना बाँकी छ । अब ११ अप्रिल अगाडी उनी फर्कनुपर्ने अवस्था भएमा उनलाई एयरपोर्टमा प्रष्टीकरण दिनुपर्ने हुनसक्छ ।
के भन्छिन् खकुरेल ?
खकुरेललाई केहि दुख पाइएला भन्दा पनि आफ्नो देशका कर्मचारीहरुको पारा देखेर चिन्ता लागेको छ । ‘विमानस्थलका कर्मचारीको कति लापरवाही ? विमानस्थलका कर्मचारीहरुको चरम लापरवाहीका कारणले कर्मचारीको दक्षतामा प्रश्न चिन्ह उठेको मात्र छैन नेपालको शीर निहुरिने काम समेत भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील ठाउँमा बसेर यस्तो लापरवाही किन ? । म यो बीचमा जापान फर्कनुपर्ने भयो भने मैले ठाउँ ठाउँमा प्रष्टीकरण दिनुपर्ने हुन्छ । दुख दिने मेलो मात्र भयो ।’ खकुरेलले अर्थ सरोकार डटकमसँग भनिन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्