Skip to content
LAXMI SUNRISE BANK

एटिएमबाट पैसा झिक्न आउनेहरुले सेनिटाईजर नै चोरेपछि…बैंकलाई नोक्सानी, गार्डलाई हैरानी ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर लकडाउन गरिएको छ । कोरोनाको त्रास छ जताततै । यहिबीचमा सबैभन्दा सचेत हुनुपर्ने ठाउँ नै एटिएम हो । पैसामा संक्रमण बढी हुने जोखिम र एटिएम छोएर प्रयोग गर्ने चीज भएकाले एटिएममा सेनिटाईजर प्रयोग हुनुपर्छ भन्ने सचेतनासमेत सबैमाझ पुग्न जरुरी छ । 
तर काठमाडौँका केहि बैंकहरुले एटिएममा राखिएको त्यहि सेनिटाईजर ग्राहकले चोर्ने थालेपछि ठुलै हैरानी खेपिरहेका छन् । यस्तै हैरानी भोग्नेमध्येको एक हो सनराइज बैंकको तिनकुनेस्थित शाखा । 
यता तिनकुनेकै ग्लोबल आइएमइ बैंकको एटिएममा पनि सेनिटाईजरको बट्टा टेपले टाँसेर झुन्ड्याएर राखिएको छ । अरु बैंकमा के के देखिए ? के के भेटिए ? यो भिडियो रिपोर्ट हेर्नुहोस्:
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK