
काठमाडौँ – इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिलेसम्म थप दश लाखभन्दा बढी बेरोजगार भएका छन् । इजरायली रोजगार सेवा (आइईएस)ले दिएको जानकारीअनुसार अहिलेसम्म कुल दश लाख ११ हजार २०५ जना बेरोेजगार भएका हुन् ।
यो विवरण यही मार्च १ देखिको भएको अधिकारीहरुले बताएका छन् । त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएका थिए । आइतबार मात्रै ११ हजार ९३० जनाले बेरोजगार भत्ताका लागि निवेदन पनि दिएका छन् । इजरायलमा बेरोजगार भत्ताका लागि दैनिक निवेदन पर्ने गरेको छ । जसमध्ये अप्रिल ५ देखि अहिलेसम्म निवेदन दिएकामध्ये आइतबारको संख्या सबैभन्दा धेरै हो । यता नेपालमा पनि यो भाइरसले ठुलो रुपमा लिएमा रोजगारीको क्षेत्र केहि प्रभाव पर्ने देखिन्छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्