×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैशाख ४ गते पक्का खुल्छ त लकडाउन ? केन्द्रीय सरकारकै मन्त्री भन्छन्, ‘अर्कोपटक पनि थपिन सक्छ’

अर्थ सरोकार

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार

PRIME CA

बैशाख ४ गते पक्का खुल्छ त लकडाउन ? केन्द्रीय सरकारकै मन्त्री भन्छन्, ‘अर्कोपटक पनि थपिन सक्छ’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । सरकारले दोश्रोपटक पनि म्याद थपेर लकडाउन पुन: एक हप्ता  थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । दोश्रोपटक अवधि थपेसँगै लकडाउन अवाधि बैशाख ३ गतेसम्म कायम रहनेछ ।

तर यो बीचमा थप संक्रमित भेटिएमा लकडाउन थपिंदैन भन्न सकिंदैन । ‘कोरोनाको रोकथामको मुख्य तरिका नै लकडाउन हो । संक्रमित थपिए भने रिस्क लिन सकिंदैन ।’ एक मन्त्रीले अर्थ सरोकार डटकमसँग भने, ‘नयाँ संक्रमित भेटिएनन् भने ४ गतेदेखि लकडाउन खुल्छ, नत्र गाह्रो छ । फेरी थपिन सक्छ ।’ ती मन्त्रीले भने ।     

यता प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा गरेको सम्बोधनमा पनि लकडाउनको अवधि बढ्ने संकेत देखिएको छ । सम्बोधनका क्रममा उनले लकडाउन बढाउनु आफ्नो बाध्यता भएको बताएका छन् । आफ्नो जेल बसाइ सम्झिदै उनले लकडाउनका बेला कस्तो अनुभव हुने भन्ने विषयमा आफुलाई थाहा भएको भनाइ उनको छ।
उनले अबका केहि साता थप चुनौतिपूर्ण रहने बताएका छन् । घुमाउरो पाराले उनले फेरी बैसाख ३ पछि पनि लकडाउन बढाइने संकेत देखाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: