
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । सरकारले घोषणा गरेको लकडाउनको आज एक महिना पुरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट सुरु हुनेगरी जारी गरिएको लक डाउनको समय पटक पटक थप भएर बैशाख १५ गतेसम्म पुर्याइएको छ । लक डाउनमा अत्यावश्यक र पासबाहक सवारी बाहेक अन्य साधनहरु सञ्चालन भएका छैनन् । अत्यावश्यक काम बाहेक बाहिर हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीति लिएको छ । ठाउँ ठाउँमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।
लक डाउनको समयमा पनि उपत्यका छाडेर बाहिरिनेको संख्यामा भने कमि आउन सकेको छैन् । सवारी साधन बन्द भएपनि हिडैरै गन्तव्य जानेहरुको संख्या अत्याधिक रहेको छ । उपत्यकाका भिडभाड हुने ठाउँहरु सुनसान रहेपनि भित्रि गल्लिहरुमा केही खाद्यन्न पसल र तरकारी पसलहरु भने बिहान बेलुका खुल्ने गरेका छन् । लक डाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई समस्या भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म नेपालमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ सबैभन्दा बढी प्रभावित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्