काठमाडौँ । पछिल्लो केही सातादेखि सुनको मूल्य निरन्तर घट्न थालेपछि महँगोमा सुन किनेकाहरुले पसल नै बन्द गर्न थालेका छन् । विशेषगरी काठमाडौँका विभिन्न ठाउँ र देशभरका मुख्य शहरहरुमा सुन पसलेहरुले पसल नै बन्द गर्न थालेका हुन् ।
यसो त गत एक सातामा मात्र सुनको मूल्य प्रतितोला २७ हजार ८ सय रुपैयाँले घटेको थियो ।
यो साताको पहिलो कारोबार दिन (आइतबार) पनि सुनको मूल्य २८ सय रुपैयाँले घटेको छ । हाल नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसरी सुन मूल्य घटेको घट्यै गर्न थालेपछि महँगोमा सुन किनेकाहरुले घाटा खाएर सुन बेच्नुभन्दा पसल नै बन्द गर्न थालेका छन् । हाल अधिकांश सुन पसलहरु बन्द गरिएका छन् । महँगोमा सुन किनेर सस्तोमा बेच्नुपर्दा पसल नै बन्द गरेको व्यवसायीहरुले बताएका छन् ।
यता सुनको मूल्य घटेसँगै अहिले सुन पसलमा सुन किन्नेहरुको भीड लागेको छ । अर्कोतर्फ अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आउँदा नेपालमा सुनको मूल्य प्रतितोला २ लाखसम्म आउने प्रक्षेपण पनि गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्